लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा ५१ श्रमिक महिला सम्मानित

IMG

तिलोत्तमा — ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा तिलोत्तमा नगरपालिकाले पालिकाभित्रका श्रमिक महिलालाई  सम्मान गरेको छ ।शनिबार पालिकामा आयोजित एक कार्यक्रममा विभिन्न जोखिमपूर्ण काम गरेर जीविका चलाइरहेका ५१ श्रमिक महिलालाई सम्मान गरिएको हो ।


सम्मानित हुनेहरुमा ज्यामी काम गर्ने, सडक सरसफाइ गर्ने, बिजुलीको काम गर्ने आदि थिए ।कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले नेपालको कानुन महिलामैत्री भएको जिकिर गरे । उनले कानुन कार्यान्वयनको क्षेत्रमा भने ध्यान दिन आवश्यक रहेको बताए । उनले महिला सक्षम भए परिवार सक्षम हुने भन्दै महिलालाई अघि बढाउन उनीहरुको नेतृत्व र व्यक्तित्व विकासमा जोड दिनुपर्ने बताए । 'हामीले महिला स्वावलम्बनलाई प्राथमिकतामा राखेर कार्यक्रम गरिरहेका छौं,' उनले भने, 'छिट्टै नै पालिका लैंगिकमैत्री हुँदैछ ।'प्रमुख खाँणले श्रम गर्ने महिलालाई सम्मान गर्नु प्रोत्साहनको पाटो भएकाले यसलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको जनाए ।


तिलोत्तमा नगरपालिकाको प्राङ्गणमा आयोजित सम्मान कार्यक्रम महिलाहरूको श्रम, योगदान, तथा समाजमा उनीहरूको भूमिकालाई कदर गर्दै आयोजना गरिएको हो।महिला दिवस प्रत्येक वर्ष मार्च ८ मा विश्वभर मनाइन्छ, जसले महिलाहरूको अधिकार, समानता, तथा सशक्तीकरणलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। नगरपालिकाले विभिन्न जोखिमपूर्ण कार्यमा संलग्न ५१ जना श्रमिक महिलालाई जनही नगद ३ हजार रुपैयाँ प्रदान गरेर सम्मान गरेको थियो। 
२०७८ साल फाल्गुन २४ गते, ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नगरपालिकाले नगरभित्र कार्यरत ११९ जना महिला श्रमिकलाई साइकल वितरण गरेको थियो। 
यसरी, तिलोत्तमा नगरपालिकाले श्रमिक महिलाहरूको सम्मान र सशक्तिकरणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।


कमेन्ट गर्नुहोस्