
तिलोत्तमा,फागुन १० । रुपन्देहीको तिलोत्तमा–२ जानकीनगरमा रहेको पामिर इण्टरनेशनल एकेडेमीले एकदिने पामिर एक्स्पो सम्पन्न गरेको छ । शुक्रवार बिद्यालय प्रांगणमा एकसाथ आर्ट एक्स्पो, फुड फेस्टिभल तथा बिज्ञान प्रदर्शनीको आयोजना गरिएको हो । मेलाले विद्यार्थीहरु माझ लुकेर रहेका प्रतिभा प्रस्फुटन गर्न मद्दत पुर्याउने बिद्यालयका प्राचार्य गोपाल गौतमले बताउनुभयो ।एक्स्पोमा कक्षा ५ देखि ९ सम्मका बिद्यार्थीहरुले विभिन्न स्टलमा फुड्कोट, कला तथा बिज्ञान प्रदर्शनीको आयोजना गरेका थिए । सो प्रदर्शनीमा शिक्षक अभिभाबक तथा बिद्यार्थीहरुले स्टलमा राखिएका बस्तु तथा सेवाहरुको अबलोकन गर्नुका साथै बिक्री समेत गरेका थिए । एक्स्पोले विद्यार्थीको अन्तरनिहित प्रतिभाको प्रस्फुटनसंगै व्याबहारिक शिक्षाका लागि मद्दत पुर्याउने बिद्यालयका अध्यक्ष मोहन चापागाईंको भनाई छ । एक्स्पोका लागि अभिभावक तथा विद्यार्थीहरूको रेस्पोन्स राम्रो रहेकोले आगामी वर्ष अझै बृहत तरिकाले एक्सपोको आयोजना गर्ने उहाँले बताउनुभयो । बिद्यालयले आफ्नो शैक्षिक क्यालेन्डर अनुसार माघ १८ गते बार्षिकोत्सव सम्पन्न गरेको थियो ।एक्सपोको संचालन कक्षा ९ का प्रतिज्ञा सुबेदी र इशा पाण्डेले गर्नुभएको थियो । यस क्षेत्रमै ख्याति कमाएको पामिर इण्टरनेशनलमा पीजी ग्रुप देखि कक्षा १० सम्म अध्ययन हुँदै आएको छ । एक्सोमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति समेत दिएका थिए ।
कमेन्ट गर्नुहोस्