
तिलोत्तमा, फागुन २। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर तीनको आयोजनामा वडा स्तरीय महिलाहरुका लागि बाध्यबाजन (मादल ) बजाउने तालिम शुरु भएको छ।बिहीबार फाल्गुन १ गतेदेखि शुरु भएको तालिम २० गते सम्म चल्ने जनाइएको छ।तालिमको उद्घाटन कार्यक्रम वडा अध्यक्ष कल्याण पौडेलको अध्यक्षतामा भएको थियो ।कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले सहभागी दिदीबहिनीहरुले तालिमबाट प्राप्त सिपलाई व्यबहारमा लागु गर्दै आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनु भयो ।
टोल, वडा,समाजलाई कलाको माध्यमबाट व्यवसाहिक तथा कलासंस्कृतिको जगेर्नाका लागि समेत भुमिका खेल्ने बताउनु भयो ।कार्यक्रममा वडा सदस्य चुडा कुमारी विष्ट ,राजनैतिक दलका प्रतिनिधि टोपलाल खनाल लगायतले बोल्दै तालिमबाट प्राप्त ज्ञान,सिपलाई व्यबहारिकतामा उतार्दै उपलब्धिमुलक बनाउन र सामाजिक ,सांस्कृतिक बिकासमा अगाडि बढाउदै तालिमको उद्देश्यलाई पुरा गराउन सुझाव दिए।कार्यक्रमको संचालन वडा सचिव गोकुल गिरीले गर्नुभएको थियो भने तालिमको प्रशिक्षण विष्णु प्रसाद कंडेलले प्रदान गर्ने जनाइएको छ। तालिममा १२ वटा टोल विकास संजालबाट प्रत्येक टोलबाट तीन तीन जनाको दरले ३६ जना महिलाहरुको सहभागीता रहने र तालिम फागुन १ गतेदेखि २० गतेसम्म चल्ने वडा सचिव गिरीले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस्