
तिलोत्तमा,माघ ३। तनाव व्यवस्थापन तथा जीवन जिउने कला सम्बन्धी उत्प्रेरणामुलक कक्षा तिलोत्तमाको वडा नम्बर-६ मा सम्पन्न भएको छ।सकारात्मक सोचको बिकास र सेवा प्रबाहमा सहजता ल्याउन तथा भौतिक बिकास संगै मानवीय बिकासमा हातेमालो गर्न “तनाव व्यवस्थापन तथा जीवन जिउने कला सम्बन्धी उत्प्रेरणामुलक कक्षा” प्रदान गरिएको वडा अध्यक्ष गणेश पाठकले बताउनुभयो।
करिव ३ सय जनाको सहभागितामा तिलोत्तमा स्थित दुर्गा मन्दिर १२ नम्बरमा सो एक दिने प्रशिक्षण सम्पन्न भएको हो। उक्त कार्यक्रमको सहजिकरण मानवसेवा आश्रमका रामजी अधिकारीले गर्नु भएको थियो। उक्त कार्यक्रममा नेतृत्व सीप, परामर्शसीप, संवेगात्मक वौद्धिकता व्यवस्थापन, उत्कृष्टताका लागि सकरात्मक सोचको विकास, तनावको अर्थ, महत्व, कारण र परिणामहरु एंवम् तनाव व्यवस्थापनका विविध सीपहरुबारे सैद्धान्तिक एंव व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।कार्यक्रमको समापनको क्रममा वडा अध्यक्ष पाठकले प्रशिक्षणको क्रममा सिकेका कुराहरु व्यवहारमा लागु गरेमा आम मानिसको संवेग, भावना र सोचाईमा परिवर्तन आई समाज सकारात्मक दिशामा अघि बढ्ने र भावी बर्तमान अवस्था र पिंढीका लागि पनि प्रभावकारीता वृद्धि हुने अपेक्षा राख्नु भएको थियो।
कार्यक्रममा वडाका सदस्यहरु पूर्ण प्रसाद आचार्य संजय, वडा सचिव कृष्ण बहादुर क्षेत्री, टोल बिकासका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।तिलोत्तमा-६ मा रहेका आमा समूह , टोल संजाल, टोल बिकास संस्था, भूपू सैनिक, कृषि संजालका प्रतिनिधिहरुलाई तनाव व्यवस्थापन सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ ।प्रशिक्षक अधिकारीलेले समाज सेवामा तनाव व्यवस्थापनको आवश्यकता औल्याएका थिए भने तनावलाई सकारात्मक ऊर्जा र उत्प्रेरणामा बदल्न सकिने तरिकाबारे समेत विस्तृत छलफल गरिएको थियो ।प्रशिक्षणमा सहभागी प्रतिनिधीहरुले आफूहरुलाई मनोबल उच्च बनाउने र समाज सुधार र सकारात्मक सोचमा सुधार ल्याउने विभिन्न विधिबारे जान्न पाउँदा उत्साहित भएको जनाएका छन्। यस प्रकारको प्रशिक्षणले उनीहरुको व्यक्तिगत तथा पेशागत जीवनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । यो प्रशिक्षणले आम मानिसको मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने सहभागीहरुको विश्वास रहेको छ ।
कमेन्ट गर्नुहोस्