लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-९ स्तरिय लुङ्गी महिला फुटबलको उपाधी सृजनशील आमा समुहलाई

IMG

तिलोत्तमा, पौष २७।रुपन्देहीको तिलोत्तमा वार्ड नम्बर-९ स्तरिय लुङ्गी महिला फुटबलको उपाधी सृजनशील आमा समुहले उपाधि जितेको छ। वडा भित्रका ८ आम समुहको सहभागिता रहेको सो प्रतियोगितामा सृजनशील आमा समुह शंकरपुरले कल्याणकारी आमा समूह तुलसीपुरलाई १ का बिरुद्ध ३ गोल गरी बिजेता बनेको हो।  निर्धारित समयमा दुवै तर्फबाट गोल नभए पछि भएको ट्राइब्रेकरमा कल्याणकारीले हार खेप्नु परेको थियो। 


निकै प्रतिश्प्रधात्मक भएको खेलमा आमा समुहका खेलाडीले लुङ्गी  लगाएर सहजता पुर्वक खेल खेलेका थिए। सिर्जनशिल आमा समुहले सेमी फाइनलमा नव प्रगतिशील झुमा डांडालाई ० का बिरुद्ध १ गोल गरेको थियो भने उता कल्याण कारी आमा समुहले एकता आमा समुहलाई ० का बिरुद्ध ४ गोल गरेको थियो। प्रतियोगितामा बिजेता तथा उपविजेता टिमलाई वडा अध्यक्ष ध्रुव प्रसाद न्यौपाने, कार्यपालिका सदस्य तारा सुनार, वडा सदस्य तथा खेल संयोजक लवसन गुरुङ, सदस्य कमलराज रेग्मी, मिस्सु शाही तथा वडा नम्बर ९ का ज्येष्ठनागरिक द्वयले प्रमाणपत्र, मेडल ट्रफी सहित पुरस्कार प्रदान गरेका थिए। खेलमा बेस्ट किपर खिम कुमारी राना, र बेस्ट खेलाडी बिमा थापा बनेका थिए।   


कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष न्यौपानेले जाडोमा घरै बसेर समय बिताउनु भन्दा यसरी फुटबल खेल्दा रमाइलो पनि हुने अनी शरीर पनि स्वास्थ रहने भएकोले सबै जना उत्साहका साथ खेल खेलाइएको उहाँको भनाइ छ।महिलाहरु प्राय घरैमा बस्ने, तनाबमा पनि रहने भएकोले केही समय रमाइलो गर्न पाउने भएकोले पनि यस्तो खालको खेलको आयोजना गरिएको उहाँले बताउनुभयो। आगामी बर्ष अझै बृहत बनाएर सो खेल खेलाइने उहाँको भनाई छ। लुङ्गी फुटबल हेर्न शंकरपुर् स्थित मैदानमा दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो। 

कमेन्ट गर्नुहोस्