
तिलोत्तमा, पौष २७।कालिका स्पोर्ट्स क्लब बुटवल उपमहानगर पालिका १० को बार्षिक तेस्रो साधारणसभा तथा प्रथम अधिबेशन शनिबार सम्पन्न भएको छ। क्लबका अध्यक्ष क्याप्टेन जनक थापाको अध्यक्षता र बुटवल उपमहानगर पालिकाका नगर प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले बुटवललाइ खेलकुद, शिक्षा र स्वास्थ्यको हब बनाउने गरि नगर पालिका लागि परेको बताउदै नगर पालिकाले खेलकुदको लागि ठुलो मात्रामा बजेटको ब्यबस्था गरेको बताउनु भएको थियो।
तेस्रो साधारणसभा तथा प्रथम अधिबेशनको अबसरमा आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्मपन्न गरेको थियो। प्रतियोगितामा समुह ए को खेलमा धन बहादुर कामु यमन पुन को टिम प्रथम र दितियमा टोप नारायण दर्लामि र नन्दबिर गाहा भएका छन ।भेट्रान्स ग्रुपमा प्रथम हुनेमा क्याप्टेन मानसिङ काउचा, सुर्य प्रसाद आचार्य र दितिय हुने टिममा क्याप्टेन जनक बहादुर थापा जङग बहादुर झेडि भएका छन। प्रथम हुने टिमले नगद दुइ हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
अधिबेशनले क्याप्टेन जनक थापाको अध्यक्षतामा १५ सदस्य नयाँ नेतृत्व संगै कार्यसमिति चयन गरेको छ। आजिबन सदस्य ६० साधारण सदस्य २० गरि ८० जना सदस्य रहेको सस्थाका कोषाध्यक्ष क्याप्टेन मानसिङ काउछले जानकारी दिनु भयो।कार्यक्रममा अतिथिहरुलाइ मायाको चिनो प्रदान गरिएको र नयाँ आजिवन सदस्यहरुलाइ आजिबन प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रमको सन्चालन मिन बहादुर सारुले गर्नु भएको थियो।
कमेन्ट गर्नुहोस्