
तिलोत्तमा,पौष १७ गते।तिलोत्तमामा युवा मैत्री स्थानिय तह निर्माणका लागि युवा स्वयम् सेवक बिकास तथा परिचालन कार्यक्रम शुरु भएको छ। मंगलबार शुरु भएको सो कार्यक्रम ३ दिनसम्म चल्नेछ।तिलोत्तमाका युवाहरुलाई नेतृत्व बिकास तथा क्षमता बिकास र हकहित सुरक्षाका लागि अगाडी बढ्ने र स्थानिय तहमा हुने हरेक क्रियाकलापमा युवा बर्गको सहभागिताका लागि स्वयम् सेवक परिचालन तथा बिकासको कार्यक्रम राखिएको सामाजिक बिकास समितिका सम्योजक तथा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य रवि सेन्चुरीले बताए।
तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण , उपप्रमुख जगेश्वर देवी चौधरी, वडा सदस्य हिरा गिरी डायमण्ड,लवसन गुरुङ, ने जु सो लिम्बिनी प्रदेशका अध्यक्ष बाबुराम बन्जाडे,राष्ट्रिय युवा परिषदका उपसचिव नवराज निरौला,हेम कुमार पौडेल लागायत तिलोत्तमा नगरपालिका भित्रका १७ वटै वडाका प्रतिनिधि युवाहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै सामाजिक बिकास समितिका सम्योजक तथा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य रवि सेन्चुरीले युवामैत्री स्थानीय शासन निर्माणका निम्ति तयारी गर्दै युवामैत्री स्थानीय शासनका सुचाकका निम्ति वडा-वडामा स्वायसेवक खटाउन यस्तो खालको अभिमुखीकरण कार्यक्रम रखिएको बताएका छन्। सो अवसरमा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले युवाहरु भविष्यका कर्णधारका साथै वर्तमानका साझेदार रहेकोले युवाहरु बिना कुनै पनि बिकास निर्माण तथा मानवीय बिकासको परिकल्पना गर्न नसकिने बताउनुभयो।
सो अवसरमा आफ्नो बिचार राख्दै नगर उपप्रमुख जागेश्वर देवी चौधरीले युवाबिनाको स्थानिय तहको परिकल्पना गर्न नसकिने भन्दै हरेक बिकास निर्माणमा युवाहरुको सहभागिता र निगरानी हुन आवश्यक रहेको बताएकी छन्। नगर उपप्रमुख जागेश्वर देवी चौधरीले यो आब मा युवा मैत्री स्थानिय शासनका लागि बजेट समेत छुट्याई काम अगाडी बढेकाले सबै युवाहरुलाई हातमा हात राखी अघि बढ्न आग्रह समेत गरिन।सो कार्यक्रममा राष्ट्रिय युवा परिषदका का अ हेम कुमार पौडेलले करिव ३५ जना युवाहरुलाई सहजीकरण गर्नुभएको थियो। कार्यक्रमको संचालन नगर सभा सदस्य तथा युवा जनप्रतिनिधी लवसन गुरुङले गर्नुभएको थियो।कार्यक्रम पौष १८ गतेसम्म चल्नेछ।
कमेन्ट गर्नुहोस्