
तिलोत्तमा,पौष १४ गते।प्रेस सेन्टर नेपाल रूपन्देहीले जिल्लाका तीन वटा नगरपालिकामा नगर सम्मेलन सम्पन्न गरेकाे छ । बिहिबार प्रेस सेन्टरकाे सिद्धार्थ नगर नगरपालिका, तिलाेत्तमा नगरपालिका र देवदह नगरपालिकाकाे नगर सम्मेलन सम्पन्न भएकाे हाे । सम्मेलनले सिद्धार्थनगरमा पशुपति यादव, तिलाेत्तमामा प्रकाश पाण्डे र देवदहमा निर्मल थापाकाे नेतृत्वमा नगर कमिटी सर्वसम्मत चयन गरेकाे संगठन विभाग प्रमुख समेत रहेका जिल्ला सचिव रमेश गैरेले जानकारी दिए । सिद्धार्थ नगर कमिटीकाे उपाध्यक्षमा जितेन्द्र थारू, सचिवमा गाेरख थारू, सह-सचिवमा झब्बर यादव र काेषाध्यक्षमा रूविना थापा मगर चयन भएका छन् ।
संगठनकाे तिलाेत्तमा उपाध्यक्षमा शारदा शाही सचिवमा माेहन न्याैपाने सह-सचिवमा सागर भण्डारी र काेषाध्यक्षमा पारू न्याैपाने रहेका छन् भने देवदह नगर सचिवमा धुर्व लामिछाने र काेषाध्यक्षमा देवी पाैडेल चयन भएकाे संगठनले जनाएकाे छ ।प्रेस सेन्टर नेपालले यही माघ १५ देखि १७ गते सम्म नवौँ राष्ट्रिय महाधिवेशन संघीय राजधानी काठमाडौंमा गर्दैछ । राष्ट्रिय महाधिवेशन अगावै पालिका, जिल्ला र प्रदेश कमिटीको अधिवेशन सम्पन्न गर्नुपर्ने भएका कारण देशैभर सबै कमिटीहरूकाे अधिवेशन भइरहेकाे अध्यक्ष बिष्णु प्रसाद पाेखरेलले जानकारी दिए।देश संघीय व्यवस्थामा प्रवेश गरे संगै सबै संघ संस्था संगठनहरू संघीय स्वरूपमा गएका छन् ।जनपक्षीय पत्रकारीताकाे वकालत गर्ने सेन्टर पालिका तहमा संगठन विस्तार गर्ने पत्रकारको पहिलाे संगठन हाे।
कमेन्ट गर्नुहोस्