लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सामाजिक व्यक्ति तथा काङ्ग्रेस रुपन्देहीका नेता रोमणीप्रसाद पाठकको निधन

IMG

तिलोत्तमा, पौष ५ गते।नेपाली कांग्रेस रूपन्देहीका पुराना नेता रोमणी पाठकको आज बिहान निधन भएको छ।लामो समयदेखि क्यान्सरका कारण बिरामी रहनुभएका पाठकको बिहान रूपन्देहीको मणिग्रामस्थित आफ्नै निवासमा निधन भएको हो। उहाँको अहिले मणिग्राम नजिकै तिनाउ घाटमा अन्त्येष्टि भइरहेको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख तथा जिल्ला सभापती रामकृष्ण खाणले बताउनुभयो। 


उहाँका अनुसार स्वर्गीय पाठक लोकतान्त्रिक आन्दोलनसँगै नेपाली कांग्रेसमा जति सक्रिय हुनुहुन्थ्यो त्योभन्दा बढी सामाजिक संघसंस्थाहरू मार्फत सामाजिक योगदानमा उत्तिकै क्रियाशील हुनुहुन्थ्यो ।मणिग्राम स्थित सरस्वती संस्कृत क्याम्पसका संस्थापक अध्यक्ष पाठक राममणि बहुमुखी क्याम्पसको पनि संस्थापक हुँदै पछि अध्यक्ष समेत हुनुभएको थियो। रूपन्देहीका धेरै सामाजिक काममा अग्रणी भूमिका निर्वाह गर्नुभएका पाठकलाई यस क्षेत्रका सबैले निस्वार्थ, निष्ठावान, सहयोगी अगुवाको रुपमा चिन्ने गरेका छन्।


उहाँको निधनले रूपन्देहीवासी र लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति पुगेको बताउँदै मेयर पाण्डेले दुःख व्यक्त गर्नुभयो। नेता पाठकको निधनपछि आफूहरूले एउटा भरोसायोग्य र सल्लाह लिइरहने अभिभावक गुमाएको पनि उहाँले उल्लेख गर्नुभयो।नेपाली कांग्रेसका महासमिति सदस्य पाठकको पार्थिव शरीरमा कांग्रेस नेता तथा पूर्व सांसद भरत शाह,अब्दुल रज्जाक,कांग्रेस जिल्ला सभापति एवं तिलोत्तमाका मेयर रामकृष्ण खांण बुटवल नगर  सभापति हरिलाल पाण्डे एवं बुटवल उपमहानगरपालिकाका मेयर पाण्डेय लगायतले पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली दिँदै अन्तिम विदाई गर्नुभएको छ।पाठकको मणिग्राम गोरकट्टा स्थित तिनाऊ घाटमा हजारौको उपस्थितिमा अन्त्येष्टी गरिएको छ। शोक सभामा श्रदान्जली दिन नेकपा एमालेका साम्सद बासुदेव घिमिरे, यज्ञ गैरे,तमनाथ पाण्डे लगायतका नेताहरुको पनि उपस्थिति थियो। 


स्याङ्जाको गल्याङ नगरपालिकामा पर्ने चोकमा विसं २०१२ पुस २३ गते जन्मनुभएका पाठकका श्रीमती, दुई छोरा र एक छोरी छन्।हाल मोक्षधामका समेत अध्यक्ष रहनुभएका पाठकको लामो समयसम्मको उपचार पछि निधन भएको हो। उहाँको निधन प्रति नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, उहाँका शुभेच्छुक तथा इष्टमित्र र रुपन्देहीबासीले गहिरो दुःख व्यक्त गरेका छन्।


कमेन्ट गर्नुहोस्