
तिलोत्तमा,पौष १ गते।तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाणले आफ्नो सेवा–सुविधा बापतको रकमबाट सामुदायिक विद्यालयमा अध्ययनरत १ सय ४६ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको छ। बिगत २०७४ साल देखि निरन्तर प्रदान गर्दै आईरहेको छात्रवृत्ति चालु शैक्षिक सत्रको लागि ४२ सामुदायिक विद्यालयका १ सय ४६ जना विद्यार्थीलाई जनही ५ हजारका दरले सोमबार नगरपालिकाको प्राङ्गणमा छात्रवृत्ति प्रदान गरिएको हो।सो अवसरमा १९ बिद्यालयका बिद्यार्थी तथा बिद्यालयलाई समेत नगद रु. ६ हजारका दरले बिद्यार्थी सम्मान गरिएको थियो।
नगर प्रमुख खाणले आफ्नो कार्यकालको सम्पूर्ण पारिश्रमिक छात्रवृत्तिमा लगाउने घोषणा गरेसँगै हरेक वर्ष सामुदायिक विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आइरहनुभएको छ । सोही अनुसार सोमबार सामुदायिक बिद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई जनहीँ ५ हजार रुपैंयाँ छात्रवृत्ति रकम प्रदान गरिएको हो ।नगरपालिकाले छात्रवृत्ति वितरणलाई व्यवस्थित बनाउन कार्यविधि बनाई छनौट तथा व्यवस्थापन समिति गठन संगै कोष समेत संचालन गरेको छ। नगरपालिकाको शिक्षा शाखाको ब्यबस्थापनमा सम्बन्धित विद्यालय व्यवस्थापन समितिको निर्णय र वडा कार्यालयको सिफारिसको आधारमा गरिव, जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्दै आएका छन् । छात्रवृत्तिलाई दिगो बनाउन कार्यविधि अनुसार कोषको समेत व्यवस्था मिलाइएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिनुभयो ।
छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख खाणले सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्न र नियमित रुपमा बिद्यालय आउने बाताबरण गराउन आफूलाई प्राप्त हुने पारिश्रमिक रकमबाट नगरका सबै सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्तिको रुपमा रकम उपलब्ध गराएको बताउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक र भौतिक पूर्वाधार सुधारका कामलाई जोड दिँदै पुरानो अवस्थालाई हेर्दा अहिले निकै राम्रो अवस्था भएको बताउदै नगरप्रमुख खाणले आफ्नो पारिश्रमिक रकम पनि सामुदायिक विद्यालयकैं विद्यार्थीको हितमा लगाउन पाउदा निकै खुसि लागेको बताउनुभयो । नगरप्रमुख खाणले विद्यार्थीलाई भोकभोकै स्कुल जान पर्ने बाध्यतालाई टाढा गराउन दिवा खाजामा १० रुपैया थप गरेर २५ रुपैया र ५ कक्षा सम्म सरकारले तोकेको दिवाखाजालाई कक्षा ६ सम्म समेत गर्ने निर्णयपछि स्कुल नियमित जाने प्रक्रियामा समेत सुधार भएको बताउनुभयो ।
कार्यक्रम तिलोत्तमा नगरपालिकाका उप–प्रमुख जगेश्वरदेवी चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख चौधरीले सो छात्र वृत्ति कार्यक्रम जीवित राख्न र शिक्षाको पहुँच सबैमा पुर्याउन नगरपालिकाले राम्रो प्रयास गरेकोले आगामी दिनमा समेत यसलाई जोगाउन सबै लाग्नुपर्ने बताउनुभयो। प्रथम नगर प्रमुखको पाल्देखी निरन्तर रहेको यो कार्यक्रमलाई सबैको सहयोगले निअरन्तरता दिन सकिएको बताउदै उहाले विद्यार्थीको सिकाइ प्रक्रियामा कुनै कीसिमको नकारात्मक प्रभाव नपरोश भन्नका लागि अभिभावकलाइ पनि आर्थिक सहजता होस् भन्ने हेतुले छात्रवृत्ति प्रदान गरिएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत नारायण अर्यालले शिक्षा जस्तो संबेदनशील बिषयमा भएको यो कार्य अत्यन्त उत्कृस्ट रहेकोले यसअभियानमा जुट्न सबैलाइ आग्रह गर्नुभएको थियो । उहाले नगरपालिकाको तर्फबाट सरकारले शिक्षाको लागि के गर्नुपर्छ त्यो गर्न पछि नपर्ने बताउदै हेर्दा यो सानो रकम देखिएपनि देशमै यो ठुलो कार्य रहेको बताउनुभयो । उहाँले बिद्यालय सुधारका ५ उपाय समेत बताउदै छात्रवृत्तिले विद्यार्थीमा पढ्ने बाताबरणलाई थप सहज बनाउने समेत बताउनुभयो।
सो अवसरमा शिक्षक महासंघका अध्यक्ष मृगेन्द्र रिजाल,बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष उमानाथ कंडेल, अभिभावक सुनिता पाण्डे, नगर बालसंजालका अध्यक्ष बिबेक भण्डारी लगायतले बोल्दै पारिश्रमिकको रकम छात्रवृत्तिमा लगाउनु भएकोमा नगर प्रमुखको सो कार्यको मुक्तकंठाले प्रशंसा गर्नुभएको थियो । सो नगरप्रमुख छात्रवृत्ति प्रदान कार्यक्रमको संचालन शारदा भट्टराई र रमा आचार्यले गर्नुभएको हो ।सामुदायिक विद्यालयप्रतिको आकर्षण र गुणस्तर वृद्धि गर्न नगरपालिकाको आर्थिक स्रोतबाट बालविकास केन्द्र र कक्षा १ देखि ५ सम्मका लक्षित वर्गका विद्यार्थीलाई हरेक दिन रु २५ बराबरको दिवा खाजाको व्यवस्था सुरु गरिएको छ।
कमेन्ट गर्नुहोस्