लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ब्राह्मण समाज नेपाल तिलोत्तमा-२ को दोस्रो साधारणसभा सम्पन्न

IMG

तिलोत्तमा, १५ मंसिर २०८१। ब्राह्मण समाज नेपाल तिलोत्तमा-२ रुपन्देहीको दोस्रो साधारण सभा सम्पन्न भएको छ।कार्यक्रम तिलोत्तमा २ मा अवस्थित श्री सिद्धेश्वर महादेव राधाकृष्ण मन्दिरको प्राङ्गणमा सप्पन्न भएको हो।समाजका अध्यक्ष लोकनाथ पाण्डेको अध्यक्षता तथा समाजका केन्द्रिय सदस्य कालिदास न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाले करिव ३ लाख ४५ हजार बराबरको आय व्यय साधारण सभा मार्फत पारित गरेको छ। 


सो अवसरमा बोल्दै केन्द्रिय सदस्य तथा प्रमुख अतिथि न्यौपानेले ब्राह्मण समाजनेपालको माग प्रति बेवास्ता गर्दै सरकारले आरक्षण, हिन्दु धर्मको रक्षा, ज्येष्ठ नागरिक भत्तामा ब्राह्मणहरुलाई अपहेलना  गरेकोप्रति ध्यानाकार्षण भएको र तत्काल त्यो समान अवसरका लागि अगाडी बढ्नुपर्ने बताउनुभयो। सदियौ कालदेखि चलिआएको रहनसहन र नेपालको एकिकरण देखि हाल सम्म गरेको ब्राह्मणहरुको योगदानलाई सरकारले बेवास्ता गरेको उहाको आरोप छ। 


कार्यक्रम लाई सम्बोधन गर्नुहुदै कार्यक्रमका बिशिष्ठ अतिथी बैद्दिक धर्म परिषद केन्द्रीय महासचिव तथा समाजका निबर्तमान केन्द्रिय सम्पादन समिति सदस्य पार्वती भन्डारिले ,  ब्राह्मण भनेको के हो यसको हिजोको अवस्था के थियो र आज कुन अवस्थामा गुज्रिरहेको छ भन्ने कुरा प्रष्ट पार्दै बिपरित दिशातिर गइरहेको हिन्दुधर्म सस्कृती तथा ब्राह्मणको मुल्य मान्यता ले भोलि समाज अनि सन्ततिहरुले नराम्रो गति लिन सक्ने कुराको चेतावनी दिदै धर्म, सस्कृती, सद्भाव ,सदबिचारको सरक्षण गर्न जरुरी रहेको कुरा बताउदै ब्राह्मण समाजको माध्यमबाट नै यो सम्भव हुने कुरामा जोड दिनुभयो। 


कर्यकममा समाजका अध्यक्ष लोकनाथ पाण्डेले आफ्नो अध्यक्षको प्रतिबेदन र मनिराम भट्टर्राईले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा ब्राह्मण समाज नेपालका जिल्ला उपाध्यक्ष आत्मराम पान्डे, ब्रमण समाज नेपालका केन्द्रीय सदस्य कालिदास न्यौपाने , यसै समाजका नगर अध्यक्ष तथा बैद्दिक धर्म परिषद रुपन्देही जिल्ला अध्यक्ष छत्रराज गौतम , यसै समाजका तिलोत्तमा नगर सचिव बामदेब खनाल, सिद्धेश्वर महादेव राधाकृष्ण मन्दिरका अध्यक्ष खिल बहादुर पौडेल, नगर सदस्य भगवान पोखरेल लगायतले मन्तब्य राख्नुहुदै हिन्दुधर्मको मूल्य मान्यतालाइ बचाउन र संरक्षण गर्नको लागि ब्राह्मण समाज बलियो र शसक्त भयर लाग्नुपर्ने कुरामा सबैले एउटै किसिमको धारणा राख्नुभएको थियो ।


उक्त कार्यक्रममा समाजको कार्ययोजनामा सहयोगी भूमिका खेली योगदान गर्ने तिलोत्तमा सिटीका पत्रकार मोहन न्यौपाने, स्थानिय युवा नारायण चापागाईं लाई सम्मान  गरिएको थियो भने आजीवन सदस्य र सहयोगीहरुलाई प्रमाण्पॉत्र प्रदान गरिएको थियो। कार्यक्रममा ब्राम्हण समाज नेपाल तिलोत्तमा २ का संस्थापक अध्यक्ष रेश्मिराज पाण्डे,सल्लाहकारहरु, माया पाण्डे, माधव प्रसाद पाण्डे, भगवती तिवारी स्थानिय बुद्दिजिबिहरु लगायतको उपस्थिति रहेको थियो।उक्त कार्यक्रममा समाजका उपाध्यक्ष माया पाण्डेले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यकम सन्चालन समाजका कोशाध्यक्ष मनिराम भट्टराईले गर्नुभएको थियो। 

कमेन्ट गर्नुहोस्