लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

करिव ८ करोडको लागतमा तिलोत्तमामा ४ बटा सडक र २ वटा हाट बजार निर्माण हुदै

IMG

तिलोत्तमा,२०८० मंसीर १३ गते।तिलोत्तमा नगरपालिका भित्र ४ स्थानमा सडक निर्माण हुने भएको छ । संघिय सरकारको सघन शहरी विकास कार्यक्रम अन्तरगत तिलोत्तमा नगरपालिकाका ४ स्थानमा सडक निर्माण हुन लागेको हो । तिलोत्तमा नगरपालिका भित्र एकीकृत शहरी पूर्वाधार निर्माण अन्तरगत पहिलो चरणमा ४ स्थानमा सडक र २ स्थानमा हाटबजार निर्माणको कार्य शुरुवात भएको छ ।जस अन्तरगत पहिलो चरणमा तिलोत्तमा १६ को क्याम्पस मार्ग र वडा नम्बर १० को नमुना चोकको कष्ण पथमा निर्माण हुन लागेको सडकको सुभारम्भ गरिएको छ । 


तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले शहरी बिकास मन्त्रालयको सघन शहरी बिकास कार्यक्रम अन्तरगत सडक र हाट बजार निर्माण हुन लागेको बताउनु भयो। नगरपालिकाले १० बटा बाटोका लागि बजेट माग गरेपनि बजेट अभावका कारण ४ बटा बाटोका लागि मात्रै बजेट आएको बताउनु भयो ।सडक र हाट बजार निर्माणका लागि संघिय सरकारले तिलोत्तमा नगरपालिकालाई भ्याट बाहेक ७ करोड ९२ लाख ८३ हजार ५९६ रुपैया बजेट उपलब्ध गराएको छ।  यी ६ वटै आयोजनाको कार्यन्वयन तथा सुपरिबेक्षण संघिय आयोजना कार्यान्वन इकाई रुपन्देहीले गर्ने छ । 


कमेन्ट गर्नुहोस्