लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

संजीवनी क्लबका अध्यक्ष हापुले गरे जन्मदिनमा बृहत रक्तदान कार्यक्रम

IMG

तिलोत्तमा,२०८० मंसीर १३ गते।जागरुक रक्तदाता बनौ, अरुको जीवन बचाऔ,रक्तदान नै जीवन दान हो भन्ने उद्देश्यका साथ संजीवनी युवा क्लब तिलाेत्तमा १४ देवीनगरको आयोजना र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाको सहयोगमा तिलोत्तमाको संजीवनी खेल मैदानमा बिहिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्लबका अध्यक्ष अर्जुन क्षेत्री हापुको जन्मदिनको अवसर पारेर ४२ जनाले रक्तदान गरेको कार्यक्रम हापुकाे अध्यक्षता तथा तिलोत्तमा-१४ का वडा अध्यक्ष आश्विन पौडेलको प्रमुख आतिथ्यता आतिथ्यता र नेपाल स्वयंसेवी रक्तदाता समाजका कृष्ण चौहानको उपस्थितिमा भएको थियाे ।


कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा-१४ का वडा अध्यक्ष आश्विन पौडेलले रक्तदान संगै सामाजिक कार्यमा अग्रसर संजीवनी युवा क्लबले खेलेको भूमिकाको प्रशंशा गर्दै आगामी दिनमा अझै रचनात्मक कार्यको लागि शुभकामना दिएका थिए। अध्यक्ष पौडेलले जन्मदिनको अवसरमा राखेको यो रक्तदान जस्तो महान कार्यले सिंगो युवा जगतमा राम्रो छाप पर्ने समेत बताए।कार्यक्रममा बाेल्दै नेपाल स्वयंसेवी रक्तदाता समाजका कृष्ण चौहानले रक्तदान जस्तो पवित्र दान जीवनमा अरु केही हुन नसक्ने भएकाले यस्तो कार्यमा सदैब लाग्नुपर्नेमा जाेड दिएका थिए । प्रथम पटक रक्तदान गरिरहेका हरुले रक्तदान गर्दा खुसी लागेको र युवाहरुमा रक्तदान प्रती लगाव हुनुपर्नेमा उनको जोड थियो। उक्त कार्यक्रम रक्त सञ्चार सेवा इकाई भैरहवाको प्राविधिक सहयोगमा सम्पन्न भएकाे थियाे ।


रक्तदान जस्तो पबित्र काम आफ्नो जन्मदिनको अवसरमा गर्न पाउदा अत्यन्तै खुसी लागेको र आगामी दिनमा जन्मदिनमा सबैले रक्तदान गर्न र कसैको जीवन बचाउने अभियानमा जोडिन क्लबका अध्यक्ष अर्जुन क्षेत्री हापुले आग्रह गरे। अध्यक्ष क्षेत्रीले नेपाली समजमा रगतको अभावमा ज्यानै जान सक्ने हुनाले स्वस्थ शरीर र स्फूर्तिका लागि समेत रक्तदान गर्न सबै युवा बर्गमा अनुरोध समेत गरेका छन्।रक्तदान कार्यक्रमको संयोजन कार्यक्रम संयोजक इन्द्र कुमार थापाले गरेका थिए।  


कमेन्ट गर्नुहोस्