लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मगर साहित्य महोत्सव : उपसभामुख रानाले उद्घाटन गर्ने

IMG

बुटवल, ५ मंसिर । नेपाल मगर महिला संघ रुपन्देहीले यही मंसिर २१ र २२ गते आयोजना गर्ने प्रथम मगर साहित्य महोत्सव तयारीको तयारी अन्तिम चरण्मा पुगेको आयोजकले जनाएको छ। महोत्सवको प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले उद्घाटन गर्ने भएकी छन् ।बुटवलको जितगढी किल्लामा आयोजना गरिने महोसत्वमा विभिन्न ७ वटा प्यानल डिस्कशन, मगर कविता वाचन प्रतियोगिता तथा श्रष्टाहरुलाई सम्मान गरिने महोत्सव मुल आयोजक समितिका प्रवक्ता शंकर गाहाले जानकारी दिए । महोत्सवमा प्यानल डिस्कशनका लागि अभियन्ता तथा नेपाली वैज्ञानिक महावीर पुन मगर, चर्चित नायिका मिरुना मगर, वरिष्ठ पत्रकार जे.बी. पुन मगर लगायत प्रतिष्ठित व्यक्तिहरुसँग प्यानल डिस्कशन गरिने प्रवक्ता गाहाले जानकारी दिए। 


त्यसै गरी महोत्सवमा समाजशास्त्री तथा अध्ययता सुरेश ढकालको प्रस्तुती रहने प्रचार प्रसार समितिका संयोजक यम रानाले जानकारी दिए । ढकालले तयार पारेको मगर जातीको ‘भेजा’ प्रणाली सम्बन्धि डकुमेन्ट्री प्रदर्शन तथा यस बारेमा छलफल गरिने उनले बताए ।मगर समुदायको भाषा, साहित्य, इतिहास र परम्पराको संक्षणमा टेवा पुग्ने गरी आयोजना गरिने सम्मेलनमा कविता वाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, प्राचिन सामग्रीहरुको प्रदर्शन तथा विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिने भएको छ । 


देशभरका मगर साहित्यकार, कलाकार तथा फरक–फरक विधाका व्यक्तित्वहरुको सहभागीता रहने महोत्सवमा आदिकवि जितबहादुर सिंजाली मगर साहित्य पुरस्कार र गोरे बहादुर खपाङ्गी मगर सामाजिक पुरस्कार स्थापना गरी सम्मान गरिने महोत्सव मूल आयोजक समिति संयोजक तथा नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष निर्मला थापाले जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस्