लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा नेकपा एमालेको अधिबेशन शुरु, अध्यक्षमा पाण्डे र पोख्रेलको उम्मेदवारी

IMG

तिलोत्तमा,२०८१ कार्तिक ११ गते।नेपाल कम्युनिष्ट पार्टी एमाले तिलोत्तमा नगर कमिटीको दोस्रो अधिबेशन शुरु भएको छ । शनिबार शुरु भएको अधिवेशन आइतबार चुनाव सम्पन्न भएपछी सकिने नगर कमिटीका अध्यक्ष तामानाथ पाण्डेले बताउनुभयो।कमिटीमा दोस्रो अधिबेशनमा अध्यक्षमा २ जनाको उम्मेदवारी परेको छ। हाल अध्यक्ष रहेका तामानाथ पाण्डे र हाल सचिवको रुपमा काम गर्दै आएका मिन प्रसाद पोख्रेलको उम्मेदवारी परेको छ। युवा उम्मेदवार भएका कारण दुवै उत्तिकै प्रभावशाली र सम्भावित देखिन्छन। तिलोत्तमा नगरपालिकाको सन्दर्भमा पार्टीगत पृष्ठभुमी राम्रो देखिएको कारणले पनि नेकपा एमाले भित्रको अधिबेशनको यो उम्मेद्वारीलाई सहज रुपमा लिइएको देखिन्छ। 


नगर अधिवेशनका लागि आइतबार बिहान ९ बजे देखि अधिबेशन शुरु हुने गरी वडाका करिव ४ सय प्रतिनिधि हरुले अधिबेशनमा भाग लिने नेकपा एमाले तिलोत्तमाका अध्यक्ष तामनाथ पाण्डेले बताउनुभयो । एमाले केन्द्रिय सचिव छविलाल विश्वकर्माको प्रमुख आतिथ्यमा शुरु अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समितिहरु बनाइएको छ। जसअन्तर्गत अधिवेशन आयोजक समितिको संयोजकमा नगर अध्यक्ष तामनाथ पाण्डे रहनुभएको छ । त्यस्तै आर्थिक समितिमा उपाध्यक्ष नेत्र वन ,प्रतिनिधि व्यवस्थापनमा सचिव मिनपसाद पोखे्रल,सञ्चार तथा सांस्कृतिक ब्यवस्थापनमा संगिता गुरुङ मञ्च तथा हल व्यवस्थापनमा तिलोत्तमा नगर परिषद् सदस्य हरिबहादुर क्षत्री,स्वयम सेवकमा नगरकमिटी सदस्य मिलन राना लगायत रहनुभएको छ ।कार्यक्रममा पार्टी केन्द्रीय सदस्य सदस्य शिवराज सुवेदी,केन्द्रीय सदस्य गोमा आचार्य,केन्द्रीय सल्लाहकारहरु,प्रदेश कमिटी सदस्यहरु,जिल्ला अध्यक्ष तथा पदाधिकारीहरु र जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो। अधिबेशनबाट तिलोत्तमा नगर कमिटीका लागि नयाँ समिति चयन गरिने अध्यक्ष पाण्डेले जानकारी गराउनुभयो ।                                                          



 

कमेन्ट गर्नुहोस्