लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अपाङ्गता भएका महिलाहरुलाई आर्थिक अधिकार र रोजगारी सम्बन्धि अभिमुखीकरण

IMG

तिलोत्तमा,कार्तिक १, २०८१।  तिलोत्तमा नगरपालिकामा रहेका प्रतिनिधि मुलक अपाङ्गता भएका महिलाहरुलाई आर्थिक अधिकार र रोजगारीको अवसर सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। तिलोत्तमाको शंकरपुर् स्थित एक सभाहलमा आयोजित  कार्यक्रमममा २० जनाको सहभागिता रहेको थियो भने नेत्रहिन महिला संघका महासचिव अनिता सिग्देल, केन्द्रिय सदस्य शकुन्तला पोख्रेल,स्थानिय उद्धमी प्रतिमा पन्त, नगरपालिकाका उद्धम बिकास सहजकर्ता शान्ता बिक, बित्तिय सहजकर्ता सृजना भट्टराई, सोसियल मोबिलाइजर लक्ष्मी पाण्डेले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो। 


नेत्रहिन महिला संघको आयोजना तथा डिजाबिलिटी राइट्स फन्डको प्राबिधिक सहयोगमा स्थानिय उद्धमीको सहभागितामा ओ कार्यक्रम गरिएको नेत्रहिन महिला संघकि महासचिव अनिता सिग्देलले बताउनुभयो। उहाँले यस्ता खाले कार्यक्रमले अपांगता भएका महिलाहरुलाई रोजगारीका लागि सक्षम बनाउने र आफ्नो अधिकार र अवसर चिन्ने बाटो खोल्ने बताउनुभयो। अपाङ्गता भएका महिलाहरुलाई आत्मनिर्भर बनाउन स्वरोजागारमा पहुँच पुर्याउन स्थानिय तहको सहयोगको खाँचो छ भन्ने उदेश्यले आर्थिक अधिकार, राष्ट्रिय र अन्तराष्ट्रिय नीति , ब्यबस्थाका बारेमा उनीहरुको अन्तर्निहित प्रतिभा प्रस्फुटित गर्ने र रोजगारका लागि तयार गराउने लक्ष्यका साथ् काम अगाडी बढिरहेको महासचिव सिग्देलको भनाई छ।  


सो अवसरमा बोल्दै उद्धमी महिला प्रतिमा पन्तले रोजगारका लागि सिप र चाहना संगै दक्षता र योग्यता पनि हुनुपर्ने भएकाले त्यसका लागि आफु सक्षम हुनुपर्ने बताउनुभयो। अभिमुखीकरण कार्यक्रममा सहभागी २० जना मध्ये धेरै जसो महिला दिदि बहिनीहरु आफैमा योग्य भएकाले रोजगारका लागि स्थानिय सरकार र स्थानिय उद्योगहरुले स्थान दिनुपर्ने बताउनुभयो।  सो कार्यमा आफु समेत प्रतिबद्ध रहेको बताउदै उहाँले सबैको सहकार्य जरुरी रहेको बताउनुभयो।तालिमले आफुहरुलाई थप सहजीकरण गरेको र छोटो समयमै धेरै ज्ञान आर्जन गर्न सफल भएकाले आगामी दिनमा अझै सिपयुक्त तालिम दिएर थप उर्जा दिन सहभागीहरुले आग्रह समेत गर्नुभएको थियो। 


तालिममा पहिलो दिन नेत्रहिन महिला संघकि महासचिव अनिता सिग्देलले संघको परिचय,सामाजिक र आर्थिक अधिकार प्रबर्द्धनका लागि गरेका प्रयासहरुका बारेमा प्रशिक्षण दिनुभएको थियो भने अपाङ्गता भएका महिलाहरुको आर्थिक ससक्तिकरणका लागि स्थानिय तहको भूमिका बिषयमा नगरपालिकाका उद्धम बिकास सहजकर्ता शान्ता बिक, बित्तिय सहजकर्ता सृजना भट्टराईले सहजीकरण गर्नुभएको थियो। त्यस्तै नेत्रहिन महिला संघकि केन्द्रिय सदस्य शकुन्तला पोख्रेलले अपाङ्गता भएका महिलाको आर्थिक अधिकार, राष्ट्रिय र अन्तराष्ट्रिय नीति , ब्यबस्था, प्रयोग र अबरोधहरुका बिषयमा जानकारी गराउनुभएको थियो । 


त्यस्तै दोस्रो दिनमा आर्थिक ससक्तिकरण अवस्था र विश्लेषण , उद्धम शिलता बिकास र व्यक्तिगत बिबरण सहितको सिभि निर्माण एबम आधारभूत सिपका बारेमा कक्षा दिईएको सो अभिमुखीकरण कार्यक्रम संचालक सोसियल मोबिलाइजर लक्ष्मी पाण्डेले बजानकारी दिनुभयो।अभिमुखीकरणमा उठेका प्रश्नहरुका बारेमा स्थानिय तहका प्रतिनिधिहरु माझ राखी उनीहरुकालागि सिप युक्त तालिम तथा रोजगारका लागि पहल गरीने नेत्रहिन महिला संघकि महासचिव अनिता सिग्देलले बताउनुभयो। 

कमेन्ट गर्नुहोस्