
तिलोत्तमा,२०८१ असोज १९ गते। तिलोत्तमा सिटी न्युजका सम्पादक मोहन न्यौपाने तिलोत्तमा –१५ स्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको जनउत्थान सहकारी पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । सहकारीको शनिबार सम्पन्न १९ औ साधारण सभाको अवसरमा गरिएको पत्रकार सम्मान कार्यक्रममा न्यौपाने सम्मानित भएका हुन्।
पत्रकार न्यौपानेलाई संस्थाका कार्यबाहक अध्यक्ष गिरी प्रसाद पुन, प्रमुख अतिथी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल,तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जागेश्वर देवी चौधरी, लुम्बी सांस्कृतिक नगरपालिकाका उप प्रमुख कल्पना हरिजन, निबर्तमान अध्यक्ष ज्ञानु पौडेल लगायतले सम्मान पत्र , नगद रु १५ हजार रुपैया सहित पुच्पा गुच्छाले सम्मान गरेका हुन्।सहकारीको प्रबर्द्धन र संरक्षणको लागि पत्रकारिता जगतमा खेलेको भूमिकालाई उच्च कदर गर्दै समाचारको माध्यमबाट संचार जगतमा सहकारीको प्रचार प्रसारमा योगदान गरेबापत सहकारीले हरेक बर्ष एकजना पत्रकार सम्मान गर्दै आएको छ।
कमेन्ट गर्नुहोस्