लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लायन्सको संयुक्त वृक्षारोपण सम्पन्न, समाजसेवासंगै प्रकृति बचाऊ अभियान

IMG

तिलोत्तमा,साउन १७ गते २०८१।लायन्स क्लब अफ तिलोत्तमा स्वाभिमान र लायन्स क्लब अफ बुटवल साईनको संयुक्त आयोजनामा वृक्षारोपण तथा सरसफाई कार्यक्रम तिलोत्तमा -६ स्थिति हरियाली सामुदायिक बन को हरियाली पार्कमा सम्पन्न भयो।


लायन्स अन्तर्राष्ट्रिय ३२५ पि का डिष्ट्रिक गभर्नर एमजेएफ लायन पुर्षोत्तमभक्त प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा भाइस डिष्ट्रिक गभर्नर पीएमजेएफ लायन बालाराम भट्टराई,एरिया ३ का एरिया चिफ एमजेएफ लायन लायन शान्ति पाठक ,रिजन ८ का रिजन चेयर पर्सन एमजेएफ लायन ज्ञान प्रसाद पौडेल , जोन चियर पर्सन लायन इस्वरा देबकोटा, बुटवल साइनको निबर्तमन अध्यक्ष लायन गौरी न्यौपाने, तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य नर ब. छन्त्याल , हरियाली सामुदायिक बन तथा हरियालि पार्कका अध्यक्ष पोषकान्त पाण्डे, उपाध्यक्ष शंकर काउचाको आथित्यता रहेको थियो। विभिन्न सस्थाका प्रतिनिधि एबम सामाजिक व्यक्तिहरुको उपस्थितिमा दुबै क्लबका पदाधिकारी तथा सदस्यहरुले विभिन्न प्रकारका बिरुवा रोपी त्यसको संरक्षणमा आगामी दिनमा ध्यान दिनुपर्ने बताएका थिए। 


कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय ३२५ पि का डिष्ट्रिक गभर्नर  एमजेएफ लायन पुर्षोत्तमभक्त प्रधानले पार्क परिसरमा बिरुवा रोपि कार्यक्रमको शुभारम्भ गर्नुभयो। बाताबरणलाई सन्तुलन कायम राख्न रुख रोप्नुपर्ने बताउदै  एमजेएफ लायन प्रधानले दुबै क्लबहरुले स्वास्थ, शिक्षा ,सामाजिक र बाताबरणीय क्षेत्रमा गरेको कार्यले यहाँको समाजिक क्षेत्रमा निकै ठुलो योग्यदान पुगेको जानकारी समेत दिनुभयो। उहाँले अबका यस्ता खाले कार्यहरुको लागि डिष्ट्रिकबाट हरेक प्रकारका सहयोग गर्ने प्रतिबद्ध समेत जनाउनुभयो ।


लायन्स अन्तर्राष्ट्रियले लिएको विभिन्न ग्लोबल कजहरुलाई समेटि यस क्षेत्रमा क्रियाशील लायन्स क्लब अफ तिलोत्तमा स्वाभिमानले आफ्नो सिग्नेचर प्रोग्राम अन्तरगत राखेको बाताबरण क्षेत्र अन्तरगत हर्बल गार्डन र बोटानीकल  गार्डनको लागि यस पार्कसंग सहकार्य गर्ने गरि आफ्नो आगामी योजना रहेको क्लबका अध्यक्ष लायन अनिल चापागाईंले बताउनुभयो । लायन्स क्लब अफ तिलोत्तमा स्वाभिमानको सह सचिब लायन शिशिर अर्यालको संचालन, लायन्स क्लब अफ बुटवल शाइन कि अध्यक्ष लायन राधिकाको स्वागत  र लायन्स क्लब अफ तिलोत्तमा स्वाभिमानका अध्यक्ष लायन अनिल चापागाईंको धन्यवाद ज्ञापन सहित कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रम संयोजक लायन्स स्वाभिमानका लायन बिमल रिजाल र शाइन कि भगवती न्यौपानेलाई डिष्ट्रिक गभर्नरले पिनले सम्मान गर्नुभएको थियो ।


कमेन्ट गर्नुहोस्