
तिलोत्तमा, साउन १६ गते २०८१।"सक्छौ सफा गर,सक्दैनौं फाेहाेर नफाल" भन्ने सन्देशका साथ तिलाेत्तमा नगरपालिकाकाे ग्रिन तिलाेत्तमा क्लिन तिलाेत्तमा अभियानकाे १२८ औं सरसफाई शृंखला सम्पन्न भएको छ। तिलोत्तमा वडा नं. १७ काे ठटरिया टाेलमा व्यापक जनसहभागितामा सो सरसफाई कार्यक्रम सम्पन्न भएकाे हो। वडा सचिव पुर्णीमा रेश्मीका अनुसार सरसफाई अभियान कार्यक्रम वडा नं १७ का वडा अध्यक्ष दान बहादुर चाैधरीकाे अध्यक्षता तथा र नगर उपप्रमुख जगेश्वरदेवी चाैधरीकाे प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो।
सो सरसफाई कार्यक्रममा वडा नं १७ का वडा सदस्यहरू, टाेल विकास संस्थाका पदाधिकारीहरू, वडा नं १७ मा रहेका वडावासी नागरिक समुदाय, कर्मचारी, आमासमूह, सहकारी संस्थाका पदाधिकारीहरू लगायतकाे सरसफाइ कार्यमा सहभागीता रहेकाे थियाे । तिलाेत्तमा नगरपालिकाले हरेक महिनाको १ र १५ गते सरसफाइ अभियान नियमित गर्दै आएको छ । त्यतिमात्रै नभएर तिलोत्तमा नगरपालिकाले सरसफाई गर्न र हरित नगर बनाउने अभियान अन्तर्गत ५ हजार बिरुवा विभिन्न पार्क , सार्बजनिक स्थान तथा खोला र घोलाको छेउमा लगाएर हरियाली प्रबर्द्धन कार्यक्रम सम्पन्न गरेको छ।
कमेन्ट गर्नुहोस्