लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिकाको सार्बजनिक सुनुवाई सम्पन्न

IMG

तिलोत्तमा सिटी , २०८१ साउन ११ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ को बार्षिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। लुम्बिनी फ्रिडम मिडियाको सहकार्यमा नगरपालिका परिषरमा शुक्रबार आयोजित सार्वजनिक सुनुवाइमा नगरपालिकाको सेवा प्रवाह, सुशासन, बिकास निर्माण, सहभागिता तथा आयव्ययको विषयमा स्थानीयले प्रश्न उठाएका छन। सुनुवाईमा अनुत्पादक क्षेत्रमा गरिएको लगानी, बिकास निर्माणको दिगोपना, सेवा प्रबाहमा सहजता, निर्माणाधिन सडक छिटो सम्पन्न हुनुपर्ने, सार्वजनिक सम्पती अतिक्रमण रोकिनुपर्ने लगायतका गुनासा गरेका थिए।


कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले तिलोत्तमा ३/३ वटा अन्तराष्ट्रिय सदस्यता संगै  गुणस्तर प्रमाणित नगरपालिका रहेको बताउदै जनताका गुनासोहरुलाई आफुले सकारात्मक रुपमा लिएको बताउदै आफु निर्वाचित भैसकेपछिको २ बर्ष कार्यकाल सफल रहेको बताउनुभयो। जनताको गुनासोलाई सकारात्मक रुपमा लिएको बताउदै उहाँले आगामी दिनमा गुनासो नआउनेगरि काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो।


आफु माथि आएको प्रश्नको जवाफ दिंदै उपप्रमुख जगेश्वर देबि चौधरीले नगरले तालिमहरु उत्पादकीय र उद्धमशिल भएको तथा अनुगमनका काम र न्यायिक समितिका कामहरु निरन्तर भईरहेको भन्दै आफ्नो क्षेत्रमा आएका गुनासाहरुलाई सकारात्मक मनन गर्दै आगामी दिनमा अझै उत्कृस्ट काम गर्ने बताईन।उहाँले नगरपालिकाको समग्र बिकासमा नागरिक पनि जोडिएको हुनाले केहि त्यस्तो सुझाव भए तत्काल राख्नुपर्ने भन्दै नगरपालिकामा आफ्नो कार्यकालमा अझै स्वर्णिम युग थपिएको बताउनुभयो। 


नगरपालिकाको समग्र स्थिति प्रस्तुत गर्दै प्रमुख प्रशासककिय अधिकृत नारायण अर्यालले नगरपालिकाको बार्षिक आय ब्ययको अवस्था तथा सम्झौताअनुरुपका सम्पन्न योजना तथा कार्यक्रम दिर्घकालिन योजनाहरुको प्रगतिको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए। सार्वजनिक सुनुवाइमा उठेका प्रश्नहरुको जवाफ दिंदै प्रमुख प्रशासककिय अधिकृत अर्यालले नगरपालिकाले अघि सारेका आयोजनाहरुमा जनताको समेत निगरानी हुनुपर्ने उल्लेख गर्नुभयो।  


लुम्बिनी फ्रिडम मिडियाको सहकार्यमा आयोजित सो सार्बजनिक सुनुवाईमा राजनीतिक दल, सरोकारवाला, बिद्यालय, खानेपानी,बन, सहकारी, युवा तथा महिला समुहका प्रतिनिधी र पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन पत्रकार बिकास गौतमले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्