
तिलोत्तमा सिटी,२०८१ असार १९ गते । तिलोत्तमा नगरपालिकाको आयोजनामा आज नगरपालिका भित्रका १२ दलित समुदायका उद्यमी महिलाहरुलाइ प्रविधि हस्तानतरण कार्यक्रम समपन्न भएको छ।
पेसा व्यावसायहरुलाइ दिगो,मर्यादित तथा आधुनिक ढङ्गले सञ्चालन गर्न गरिएको यो कार्यक्रम महत्वपुर्ण रहेको कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो। हस्तान्तरण गरिएका सामाग्रीहरुको समुचित प्रयोग गरी लाभ उठाउन पनि उहाँले आग्रह गर्नुभयो। यो कार्यक्रमले उद्यमी महिलाहरुको व्यावसायलाइ थप उचाइमा पुर्याउन सहयोग गर्ने साथै उपकरणहरुको प्रयोगले कामलाइ व्यवस्थित,व्यावस्थापन गराउने तिलोत्तमा नगर उपप्रमुख जगेश्वर देवी चौधरीले बताउनुभयो।
दलित समुदायलाइ हेर्ने दृष्टिकोण परिवर्तन गर्दै दलित समुदायका पेसालाइ आत्मनिर्भर बनाउन, परम्परागत पेशालाई आधुनिकीकरण गर्दै पुस्ता हस्तान्तरण गर्न यस्ता कार्यक्रम महत्वपुर्ण रहेको साथै समुदायको जिवन सहज बनाउन प्रविधिले सहयोग गर्ने कार्यक्रमका अध्यक्ष सुरेन्द्र श्री ले बताउनुभयो। कार्यक्रममा दलित समुदायका १२ उद्यमी महिलाहरुलाइ सिलाइ कटाइ मेसिन,ब्युटीपार्लरका लागि चाहिने कुर्ची,ट्यांकी, मोटर,पिस्ने मेसिन लगायतका सामाग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो। उद्यम गरिरहेका तथा गर्न चाहने दलित समुदायका महिलाहरुलाइ आय आर्जनसँग जोडिएर जिवन विकास गर्न सामाग्रीले सहयोग पुर्याउने र सामाग्रिको सहि सदुपयोग गर्न तिलोत्तमा नगरपालिका कार्यपाकलिका सदस्य रवि सेन्चुरीले बताउनुभयो।
सो सामाग्री हस्तान्तरण कार्यक्रममा वडा नं ८ वडा अध्यक्ष कृष्ण प्रसाद पौडेल, वडा नं ६ वडा अध्यक्ष गणेश पाठक, स्थानिय उद्यमी महिला, र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्