लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा एकीकृत पाठ्यक्रम सम्बन्धी शिक्षक तालिम शुरु

tillotmacitynews - 2024 Jun 27 03:28 PM
IMG

तिलोत्तमा सिटी २०८१,असार १३ गते । तिलोत्तमा नगरपालिकाको आयोजनामा सामुदायिक विधालयका शिक्षकहरुका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी ५ दिने तालिम तिलोत्तमा ५ गिर्वाण सरस्वति संस्कृत तथा साधारण मावि मा आजबाट सुरु भएको छ । तिलोत्तमा नगर भित्रका आधारभूत तह कक्षा १–३ मा शिक्षण गर्ने ४३ जना शिक्षक तालिममा सहभागी भएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिनुभयो । तिलोत्तामको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न महत्त्वपूर्ण शैक्षिक क्रियाकलाप संचालन गर्दै आएको स्मरण गराउदै त्यही कार्यक्रमको निरन्तरता यो तालिम रहेको उहाँले बताउनुभयो। 


तालिममा विधार्थि सर्वपक्षिय क्षेत्रको मुल्याङ्कन,विधार्थिको आवधिक पक्षमा मात्र नभइ सर्वपक्षिय मुल्याङ्कनको लागि सहयोग गर्ने साथै पाठ्यक्रमको परिचय,विकास,विषयक्षेत्रगत सिकाइ उपलब्धिहरुको बारेमा अन्तरक्रिया तालिमा गरिनेछ। तालिममा एकीकृत पाठ्यक्रमको अवधारणा, व्यवहार कुशल सिप, एकीकृत शिक्षण सिकाइ सहजीकरण योजना निर्माण तथा अभ्यास र विद्यार्थी सिकाइ मूल्यांकनलगाएतका विषयमा जोड दिने तालिमका प्रशिक्षक शालिकराम खनालले जानकारी दिनुभयो । उहाँले गणित,हाम्रो सेरोफेरो,पाठ्यक्रम सम्बन्धि विषयमा तालिम दिने बताउनुभयो।  


कार्यक्रममा गिर्वाण सरस्वति संस्कृत तथा साधारण माविका प्र अ केदारचन्द्र पराजुलि, शिक्षा शाखाकि रमा आचार्य लगायतको उपस्थिति रहेको थियो। 


कमेन्ट गर्नुहोस्