
तिलोत्तमा, असार ११ गते २०८१। तिलोत्तमाका लघुउद्यमीहरुका लागि बित्तिय साक्षरता, लघु कर्जा तथा व्यवसाय दर्ता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।तिलोत्तमामा रहेर मेड्पा कार्यक्रम अन्तर्गत सिप सिकेर लघु व्यवसाय गरेका ५० महिलाहरुलाई सो सम्बन्धि अन्तरक्रियामा सहभागी गराइएको शाखाकि प्रमुख शान्ता बिकले बताउनुभयो। महिलाहरुले सिप सिकेर आफ्नो घरेलु व्यवसाय गर्दै आएपछि त्यसलैई व्यवसाय संग जोड्दै बजारीकरण र उत्पादकत्वमा वृद्धि गर्न सो अन्तरक्रियाले सहज बनाउनेमा सहभागीहरुको जोड थियो।
सो अवसरमा बोल्दै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले महिलाको आत्मनिर्भरताले समाजलाई समेत समृद्धिको बाटोमा लैजाने हुनाले कोहि महिला पनि उद्यमी नरही बस्न नहुने र केहि न केहि सिप सिकेर स्वोरोजगार हुनुपर्ने बताउनुभयो। सोही कार्यक्रममा आफ्नो भनाई राख्दै तिलोत्तमा नगरपालिका वडा नम्बर-६ का अध्यक्ष गणेश पाठकले नगरपालिकाले कोहि पनि महिला बेरोजगार नहुन भनेर सबैलाई क्रमैसंग सिप तालिम र प्रशिक्षण दिएर उद्यमीको यात्रामा जोड्न खोजेको बताउदै सबैले सिप सिकेर त्यसको भरपुर सदुपयोग गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा नगरपालिका संग उद्यमी कर्जाको सम्झौता भएको बैंक नेपाल बैंकका प्रतिनिधीले कर्जा र व्यवसाय दर्ता प्रक्रिया र उद्यमीका सफलताका सुत्रबारे सहजीकरण गर्नुभएको थियो । सहभागीहरुले सो सम्बन्धि जिज्ञासा समेत राखेका थिए।
कमेन्ट गर्नुहोस्