
तिलोत्तमा, असार ११ गते २०८१। महिलासंग उपप्रमुख कार्यक्रम अन्तर्गत १० दिने ब्राइडल मेकअप तालिमको तिलोत्तममा समापन भएको छ। ३० जना सहभागी सो तालिममा दुलही शृंगार र पर्सनल मेकअप संगै ब्युटिपार्लर सम्बन्धी प्रशिक्षण भएको बताइएको छ। सो समापन समारोहमा बोल्दै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले महिलामा सिप र दक्षता भयो भने नेतृत्व लिन र घरबाटै आत्मनिर्भर हुनका साथ साथै हिँसाबाट मुक्त हुन सीपयुक्त तालिमले सकारात्मक प्रभाव पार्ने बताउनुभएको छ।
सो अवसरमा बोल्दै वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले महिलाले सिकेका सीपलाई व्यवसाय खोलेर या सिपको सदुपयोग गर्दै बजारीकरण गर्नुपर्ने बताउनुभएको छ। सिप सिकेर आय आर्जन गर्न सके मात्र स्थानिय सरकारले गरेको लगानी सदुपयोग हुने बताउनुभयो। सो अवसरमा कार्यपालिका सदस्य राधा शाही ठकुरीले महिलाको आत्मनिर्भरताको लागि ग्यान सिप र दक्षता अनिवार्य भएकोले सबैखाले तालिम पछि त्यसलाई ब्यबहारमा उतार्न सुझाव दिनु भयो।
सो समापन समारोहमा सामाजिक शाखाका बरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेले सहभागीसबैलाई आगामी सफल जिबनको शुभकामना दिनुभएको थियो।
कमेन्ट गर्नुहोस्