लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा सूचना केन्द्र र आपतकालीन कार्य संचालन केन्द्र स्थापना

IMG

तिलोत्तमा,२०८१ जेष्ठ ७ गते।  एकपछि अर्को उत्कृस्ट कार्य गर्दै आएको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नगरभित्रका गतिबिधी नियाल्ने गरि उच्च स्तरको सिसिटिभी सहितको तिलोत्तमा सूचना केन्द्र र विपदमा स्वयम् सेवकको लागि सामाग्री सहितको स्थानीय आपतकालीन कार्य संचालन केन्द्र स्थापना गरिएको छ । नगरपालिकाको सही सूचना सहजै उपलब्ध गराउने, सडक तथा भित्री मार्गमा रहेको सिसिटिभी मार्फत सबै गतिबिधी नियाल्ने गरि सुरक्षित तिलोत्तमा बनाउने उद्देश्यले सूचना केन्द्रको स्थापना गरिएको हो भने एक्कासी आइपर्ने विपद् न्यूनीकरणको कार्यमा तत्पर रहन बिशेष सामाग्री सहित को तालिम प्राप्त स्वयमसेवक सहितको आपतकालीन संचालन कार्य केन्द्र निर्माण गरिरएको हो ।


एक भब्य कार्यक्रमका बीच दुवै केन्द्रको सोमबार नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वर देवी चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।सो अवसरमा बोल्दै नगर प्रमुख खाणले भौतिक, मानवीय क्षेत्रमा काम गरिरहेको तिलोत्तमाले सूचना प्रविधिको क्षेत्र र सुचना प्रवाहमा पनि अग्रसर रहन सूचना केन्द्र संचालनमा ल्याएको बताए । उनले सूचना केन्द्रले नगरभित्र भइरहेका हरेक गतिविधिबारे सरोकारवालालाई जानकारी दिलाउन र आपतकालीन कार्य संचालन केन्द्रले विपद् न्यूनीकरणमा सघाउ पुग्ने बताए। 


सो अवसरमा बोल्दै नगर उपप्रमुख जागेश्वर देवी चौधरीले तिलोत्तमाको समग्र बिकासका लागि भौतिक क्षेत्र संगै प्रविधिको क्षेत्रलाई पनि फराकिलो पारिएको बताईन। अघिल्लो बर्षको बजेटमा समेत प्रविधिमा उत्कृस्ट योजना सहितको कार्यक्रम राखिएको बताउदै उनले समग्र तिलोत्तमाको सुचना सेवाग्राहीसामु सहज रुपमा पुर्याउन आफुहरु कटिबद्ध रहेको बताईन। 


कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले तिलोत्तमाले गरेको नवीनतम काम संघीय सरकारले गर्नुपर्ने खालको रहेको बताए। उनले अब अन्य पालिकाले समेत सिको गरेर केन्द्र संचालनमा ल्याउने, विपद् व्यवस्थापन सम्बन्धी तालिम दिएर जनशक्ति तयार राख्न आवश्यक भएको बताए।उनले हरेक वर्ष विपद्का नाममा खर्च भइरहेको बजेटको प्रभावकारिता देखिने गरी काम गर्न आग्रह गरे । अर्यालले केन्द्रमा आउने जो कोहीलाई पालिकाको सही सूचना दिन समेत आग्रह गरे ।


नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले नगरपालिकाले गरेका उत्कृस्ट क्रियाकलाप हरुको समाचार बनाउन पाउदा खुसी लागेको बताउदै सबै बिकासका योजनाहरु दिगो र जनताको पहुँचमा पुग्नुपर्ने बताए।  कार्यक्रमका अधिकांश सहभागीहरुले पालिकाले विनियोजन गर्ने बजेट मध्ये विपद् व्यवस्थापनका लागि गरिने तालिममा मात्र सीमित नरहेर केन्द्र स्थापना गरी तालिम प्रदान गरेका जनशक्तिलाई तत्पर रहन निर्देशन दिनुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्