
तिलोत्तमा,२०८१ जेष्ठ ३ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वडा नम्बर-४ स्थित आधारभुत स्वास्थ्य चौकीमा नि:शुल्क रुपमा महिलाको पाठेघरको मुखको क्यान्सरको पहिचान ‘स्क्रिनिङ’ शुरु गरिएको छ। पाठेघरको मुखको क्यान्सर पत्ता लगाउनका लागि महिलामा ‘स्क्रिनिङ’ गरिएको स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेलले बताएका छन्। सो आनन्दबन स्वास्थ्य चौकीबाट शुरु गरिएको क्याम्प आज वडा नम्बर ४ हुँदै तिलोत्तमा भरिका मुख्य ८ वटा स्वास्थ्य सस्थामा संचालन हुने शाखा प्रमुख पौडेलले बताए।
कार्यक्रमको अध्यक्षता गर्दै तिलोत्तमा-४ का वडा अध्यक्ष हरि बहादुर क्षेत्रिले महिलाहरुमा थाहै नपाई बढ्दै जाने र क्यान्सर भएपछी मात्रै लक्षण देखिन थाल्ने यस्तो किसिमको पाठेघरको मुखको क्यान्सर समयमा थाहा पाउन सकियो भने ठिक हुने भन्दै यस्तो शिविरले महिला र समग्र घर नै स्वस्थ बनाउन मद्धत गर्ने बताए।सो अवसरमा बोल्दै महिलाको स्वास्थ्य अवस्थाका बारेमा प्रारम्भिक जानकारी राख्न तथा भयानक रोगबाट बचाउन यस्तो शिविरको आयोजना गरिएको स्वास्थ्य चौकीका इन्चार्ज इश्वरी पौडेलले बताए। मानिसले आफ्नो खानपानबाटै सुधार गरी नियमित चेकजांच गरे यस्ता भयानक रोगबाट बच्न सकिने पौडेलले बताए।
तिलोत्तमा-४ मा भएको नि:शुल्क शिविरको स्क्रिनिङ गरिएका १ सय ५४ जना मध्ये ८ जनालाई सर्वाइकल क्यान्सर (भीआईए पोजिटिभ), १ जनालाई युटेरस प्रोल्याप्स देखिएको स्वास्थ्य चौकी इन्चार्ज इश्वरी पौडेलले बताए। लक्षण देखिएका बिरामीहरुलाई परामर्श सहित औषधी समेत बितरण गरिएको थियो। कार्यक्रममा स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा.बर्षा पौडेल स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक केशव भट्टराई,लक्ष्मी घिमिरे सहितको टिमबाट महिलाहरुको स्वास्थ्य चेकजांच तथा उपचार र औषधी बितरण गरीएको थियो। कार्यक्रममा वडा नम्बर ४ का वडा सदस्य मित्रलाल न्यौपाने, रम्भादेवी घिमिरे, गोबिन्द श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्