
तिलोत्तमा,२०८० फाल्गुण २८ गते। तिलोत्तमा नगरपालिकाले वडा नम्बर ४ र ६ का टोलबिकासका पदाधिकारीहरु एबम प्रतिनिधीलाई संस्था व्यवस्थापन तथा फोहोरबाट प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम दिईएको छ ।नगरपालिकाको वडा नम्बर-४ स्थित आधारभूत स्वास्थ्य केन्द्र तिलोत्तमाको भवनमा जैविक मल बनाउने तालिममा २ वटै वडाका ६५ जना टोल बिकासका प्रतिनिधिहरुलाई घरबाट निस्कने फोहोरबाट प्राङ्गारिक तथा जैविक मल बनाउन सिकाइएको हो।
सो कार्यक्रमको अवसरमा बोल्दै नगर उपप्रमुख जागेश्वर देवी चौधरीले रासायनिक मललाई नियन्त्रण गर्दै जैविक र प्राङ्गारिक मलको प्रयोग गरि स्वस्थ्य बन्न आग्रह गर्दै यस्ता तालिमको सहि सदुपयोग गर्न आग्रह गर्नुभयो। टोल बिकास संस्थाले नगरको पहिचान झल्कने गरि गरेको काम प्रति खुसी व्यक्त गर्दै उहाँले नगरको इज्जत र प्रतिष्ठा टोल टोलमा हुने हुँदा सचेत रही काम गर्न र सल्लाह सुझाव दिन आग्रह समेत गर्नुभयो। तालिममा सहभागीलाई सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराउने गरिएकाले किसानका लागि तालिम प्रभावकारी भएको नगरस्तरीय टोल बिकास संस्था संजालका उपाध्यक्ष टोपलाल खनालको भनाइ छ । टोलबिकास मार्फत वडा वडाका पधाधिकारीहरुमाझ जैविक फोहोरबाट कम्पोस्ट मल बनाउने तालिमले फोहोर व्यवस्थापनसंगै भान्सा सुधार र नगरबासीहरुको स्वास्थ्यमा समेत सुधार आउने टोलबिकास संस्थाका संजालका उपाध्यक्ष टोपलाल खनालले बताएका छन्।
कार्यक्रमको अवसरमा फोहोरबाट मल बनाउने तालिमले रासयानिक मलको अभाव र सामान्य खेतबारीमा मलको राम्रो प्रबन्ध गर्न सकिने हुँदा यस्तो खालको तालिम प्रभावकारी हुने सहभागीहरुले बताएका थिए। २ दिन सम्म चलेको सो तालिमको अध्यक्षता वडा नम्बर ४ का अध्यक्ष हरि बहादुर क्षेत्रीले गर्नुभएको थियो।तालिममा संस्था व्यवस्थापनसम्बन्धि तालिम नगरपालिकाका प्रसासन योजना तथा अनुगमन शाखाका प्रमुख माधव पोख्रेलले दिनुभएको थियो, त्यस्तै लेखा व्यवस्थापन सम्बन्धी बिष्णु प्रसाद बरालले सहजीकरण गर्नुभएको थियो भने प्राङ्गारिक मल बनाउने तालिम बरिष्ठ कृषि अधिकृत हरि प्रसाद खनालले प्रशिक्षण दिनुभएको थियो। कार्यक्रमको समग्र संचालन सामाजिक बिकास शाखा तिलोत्तमाकि बरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेले गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्