लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कलाकारले चुरोट र मदिराको विज्ञापनमा खेल्नुहुँदैन : भुवन केसी

IMG

तिलोत्तमा सिटि २०८० माघ १५ गते । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा भएको विज्ञापनमा कलाकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कलाकारहरुले कुन सामग्रीको विज्ञापन गर्ने र कुनको नगर्ने भन्ने विषयमा कलाकार सचेत हुनुपर्ने बताएका हुन् । अध्यक्ष केसीले मदिरा, चुरोट लगायत स्वास्थ्यलाई हानि गर्ने वस्तुको विज्ञापनमा कलाकारहरुले अभिनय गर्न नहुने पनि बताए । ‘कुनै मदिरा वा चुरोट वा अरु पनि निषेधित गरिएका विज्ञापनहरु कलाकारहरुले गर्नुहुँदैन । गलत म्यासेज फैलाउने विज्ञापन पनि कलाकारले गर्नुहुँदैन’ उनले भने ।


कलाकारहरुले सामाजिक कामका विज्ञापन निःशुल्क गर्नुपर्ने पनि केसीले बताए । विज्ञापनदाताले पनि कुन उत्पादनको विज्ञापन गराउने र कुनको नगराउने भन्नेमा सतर्क हुनुपर्ने केसीको धारणा छ । उनले नेपालमा चल्ने कुनै पनि विज्ञापनमा नेपाली कलाकार अनिवार्य हुनुपर्ने पनि बताए ।

कमेन्ट गर्नुहोस्