लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चीनमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो, ४७ बेपत्ता

tillotmacitynews - 2024 Jan 23 12:55 PM
IMG

तिलोत्तमा सिटी, २०८० माघ ९ गते ।  चीनको दक्षिण पश्चिमी युनान प्रान्तको एक पहाडी गाउँमा सोमबार पहिरो जाँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको स्थानीय अधिकारीहरूले मङ्गलबार बिहान जानकारी दिएका छन् । झाओटोङ सहरको लिआङ्शान गाउँमा सोमवार बिहान ६ बजे पहिरो खस्दा ४७ जना बेपत्ता भएका छन् । सोमबार राति १० बजेसम्म  ११ जनाको मृत्यु भएको स्थानीय प्रकोप राहत मुख्यालयले जनाएको छ । घटनास्थलमा एक हजारभन्दा बढी उद्धारकर्मीले खोजी तथा उद्धार कार्य गरिरहेका छन् । विज्ञ समूहको प्रारम्भिक अनुसन्धानले ढलान माथिको ठाडो भीरको क्षेत्रमा खसेको कारण विपद् भएको बताइएको छ ।

भत्किएको मास लगभग सय मिटर चौडाइ, ६० मिटर उचाइ र औसत मोटाई ६ मिटर रहेको छ ।

कमेन्ट गर्नुहोस्