
तिलोत्तमा,२४ मंसिर २०८०। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरपालिका परिसरमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले एक आर्थिक वर्ष २०८०/८१ भित्र गरिएका गतिबिधिहरुको संक्षिप्त प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत अर्यालले प्रगती विवरण प्रस्तुत गरे पश्चात् सहभागीहरुले टिप्पणी, गुनासो, प्रश्न, सुझाव र प्रशंसा सहितका मिश्रित प्रतिक्रियाहरु राखेका थिए। कार्यक्रममा जिज्ञासा र प्रश्न राख्दै सहभागीहरुले बिकास निर्माण र मानबिय बिकासमा जोड दिन सुझाव दिदै नगरमा भएका गतिविधिहरुका जनचासोका बिषयमा प्रश्न राखेका थिए ।
नगरपालिकाको सरसफाई हरियाली प्रबर्द्धन, औधोगिक क्षेत्र, कृषी, सिंचाई ,यातायात, महिला तालिमको उपयोगिता,शिक्षा र पाठ्यक्रमका बिषयमा, मंगलापुर कान्छीबजार सडक,भलवारी तिनाऊ सडक,स्वास्थ्य सम्बन्धी समस्या, समाधान, स्थानिय उत्पादनको बजार ब्यबस्थापन तथा प्रयोग,अपाङ्गमैत्री बाताबरण निर्माण,न्यायिक सम्पादन, टोल बिकास लगायत शिक्षा स्वास्थ्य खानेपानी, रोजगारी लगायत उठाइएका चासो गुनासोहरूलाई नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरी, तथा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल र विभिन्न शाखागत कर्मचारीहरुले बुँदागत रुपमा स्पष्ट पारेका थिए । जवाफमा नगरको तर्फबाट कतिपय प्रोजेक्टहरू सम्पन्न भएको, कति हुन बाकी नै रहेको कति पय कार्यहरुको आउँदो नीति तथा कार्यक्रममा समाबेश गरि अगाडि बढ्ने प्रतिवद्धता जनाउँदै चासो गुनासो र प्रश्न राख्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका थिए।
नगरप्रमुख खाणले जनताको इच्छा बमोजिम अगाडि बढ्नुका साथै आगामी दिनमा जनताले सोचेको चाहेको र परिकल्पना सहित बिकासको खाका तयार गरि नगरको बिकासमा आफू प्रतिबद्ध रहेको बताउदै सबैजनाको साथ सहयोगको अपेक्षा र उपस्थित सम्पुर्णमा दिदै सार्बजनिक सुनुवाई कार्यक्रम समापन भएको घोषणा गरेका थिए । कार्यक्रमको संचालन लुम्बिनी मिडिया हबको व्यवस्थापनमा पत्रकार प्रकाश गौतमले गरेका थिए ।
तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख जगेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, सबै वडाका वडाअध्यक्षहरू, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु,नगरका शाखागत कर्मचारी, वडा कर्मचारी लगायत नगरपालिका भित्र रहेका राजनीतिक दल तथा बुद्धिजीवी एबम सरोकारवाला संघ संगठनहरुको प्रमुख र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्