लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका सामुदायिक कुकुरको बन्ध्याकरण सुरु, पहिलो दिनमै ४० बढीको बन्ध्याकरण

IMG

तिलोत्तमा कार्तिक १९ गते २०८०। सामुदायिक कुकुरको बढ्दो संख्या न्यूनिकरणका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बन्ध्याकरण सुरु गरेको छ । तिलोत्तमा नगरपालिकाको पशु शाखाले हार्ट संस्थाको प्राबिधिक सहयोगमा कुकर नियन्त्रणमा लिएर स्थायी बन्ध्याकरण सुरु गरेको हो । नगरपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र र हिमालयन एनिमल रेस्क्यु टिम हार्ट संस्थाको प्राबिधिक सहयोगमा कुकुर आतंक नियन्त्रणका लागि ३ सय भन्दा बढी सामुदायिक कुकुरलाई भ्यासेक्टोमी र पोथी कुकुरलाई मिनिल्याप गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो। नगरपालिकाले कुन्जलापुरस्थित मगर संघ भवनको प्रांगणमा रहेको सभाहलमा नियन्त्रणमा लिइएका कुकुर राखेर सोही स्थानमा स्थायी बन्ध्याकरण शुरु गरेको पशु शाखा प्रमुख राजु कुँवर मगरले बताउनुभएको छ।  


छाडा कुकुरको संख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने, सवारी दुर्घटना बढ्ने र रेबिज रोगको संक्रमण हुने खतरा भएकाले बन्ध्याकरण कार्यक्रम सुरु गरिएको र यसको निरन्तरताले सहरलाइ कुरुप हुनबाट जोगाउन अभियानकै रुपमा अघि बढिएको नगरप्रमुख रामकृष्ण खाणले बताउनुभयो।नगरले यस्तो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले बताउनुभयो । यसअघिको नेतृत्वले समेत सो कार्य गरिसकेकाले नीति तथा कार्यक्रममै समेटेर यो काम गरिएको उहाँको भनाई छ ।  


सो अवसरमा बोल्दै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले सामुदायिक कुकुरलाई रेबिजविरुद्धको सुई साथै स्थायी बन्ध्याकरण गरि नगरक्षेत्रमा धेरै संख्यामा सामुदायिक कुकुर रहेकाले सहि नियन्त्रणको जरुरी देखिएको बताउनुभयो । कुकुरको उचित व्यवस्थापन र सुरक्षाको दृष्टिकोणले कुकुर र मानिसको स्वास्थ्यलाई ख्याल राख्दै आगामी दिनमा पनि कुकुरको बन्ध्याकरणलाई निरन्तरता दिइरहनुपर्ने उहाँको भनाई छ ।नगर उपप्रमुख चौधरीले भन्नुभयो,- ‘कुकुरदेखि मानिसमा त्रास रहेको समेत देखियो, मानिसमा जस्तै बन्ध्याकरण नै कुकुर नियन्त्रणको एकमात्र विकल्प हो ।’ 


तिलोत्तमा नगरपालिका वडानम्बर-६ का अध्यक्ष गणेश पाठकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, प्राबिधिक, पशुशाखाका कर्मचारी, लगायत स्थानीयको सहभागिता रहेको थियो। बन्ध्याकरण अभियान १ हप्तासम्म चल्ने छ।



कमेन्ट गर्नुहोस्