लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मधवलिया सामुदायिक सिकाई केन्द्रको १३ औं बार्षिक साधारणसभा सम्पन्न

IMG

तिलोत्तमा १७ कार्तिक २०८०। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-१५ मा रहेको मधवलिया सामुदायिक सिकाई केन्द्रको १३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष कुम कुमारी गुरुङ्गको अध्यक्षता तथा तिलोत्तमा नगरपालिका वडा नम्बर-१५ का वडा अध्यक्ष खेमराज गुरुङ्गको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा संस्थाले एकबर्ष भरि गरेका सामाजिक कार्यहरुको बार्षिक प्रगती प्रस्तुत गरिको थियो। तिलोत्तमा वडा नम्बर १६ का सबै वडा सद्स्य  हुम बहादुर गाहा, पानगोडा टोल बिकासका अध्यक्ष बिष्णु प्रसाद चुंदाली, थ्री एन्जल्स नेपाल भैरहवा शाखाको प्रमुख कल्पना कडायत,सिकाई केन्द्रका सदस्य शिव गैरे , मधवलिया टोलविकासका अध्यक्ष सोम बहादुर गुरुङ लगायतको उपस्थिति रहेको सो कार्यक्रममा स्थानीयबासीहरुको समेत उपस्थिति रहेको थियो।

 

कार्यक्रममा संस्थाको गत आर्थिक बर्ष २०७९/०८० को प्रगति प्रतिवेदन संस्थाकी अध्यक्ष कुम कुमारी गुरुङले प्रस्तुत गर्नुभएको थियो भने लेखा परिक्षण प्रतिवेदन संस्थाकी सदस्य सचिव तारा गुरुङ्गले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा थ्री एन्जल्स नेपाल, पानगोडा टोल बिकास संस्थाका अध्यक्ष तथा तिलोत्तमा वडा नम्बर १६ का वडा सदस्यहरुले संस्थाको उत्तरोत्तर प्रगति र समाजमा देखाएको सक्रियता तथा समाजपयोगी कार्य गर्नुपर्ने बताउदै शुभकामना मन्तव्य राख्नुभएको थियो । सामाजिक क्रियाकलाप र महिलाको सिप दक्षता र उद्धमी तथा स्वरोजगारको क्षेत्रमा सहयोगी बनेको संस्थाको साधारणसभामा उपस्थित सबैलाई संस्थाकी सल्लाहकार जगरानी चौधरीले स्वागत गर्नुभएको थियो भने सचिव तारा गुरुङ्गले कार्यक्रम संचालन गर्नुभएको थियो ।



कमेन्ट गर्नुहोस्