
तिलोत्तमा १५ कार्तिक २०८०। तिलोत्तमा नगरपालिकाले सबै वडाका उपभोक्ता समितिलाई योजना तथा कार्यक्रम संचालन एबम व्यवस्थापन सम्बन्धी अभिमुखीकरण तालिम शुरु गरेको छ । वडा नम्बर १ देखि १७ सम्मका वडाका सबै उपभोक्ता समितिलाई समयमै योजना सम्पन्न गर्न र गुणस्तरिय कार्यसम्पादन गर्न सो तालिमको आयोजना गरिएको नगर उपप्रमुख जगेश्वर देवी चौधरीले बताउनुभएको छ। हरेक योजनालाई चुस्त दुरुस्त गराउन र समयमै छिटॊ र गुणस्तरीयता दिन वडाका सबै उपभोक्ता समितिलाई तालिमको व्यवस्था गरिएको उहाँको भनाई छ।
नगरपालिकाका बजेटमा छुट्याइएका बिकास निर्माण र योजनालाई समयमै सम्पन्न गर्न र सहि ढंगले पारदर्शी,दीर्घकालीन र कानुनसम्बत निर्माणका लागि यस किसीमको अभिमुखीकरण कार्यक्रम फलदायी हुने प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभएको छ।बिगतका दिनमा भएका कमजोरी र उपभोक्ता समितिले खेप्नुपरेको असहज परिस्थिति र दौडधुपलाई शुन्यतामा झार्न यस्ता तालिमले उपभोक्ता समिति र योजना निर्माणमा टेवा पुग्ने उहाँको भनाई छ।
१२ वटा वडामा सम्पन्न भैसकेको सो तालिमको अबसरमा तिलोत्तमा नगरपालिका प्रशासन योजना तथा अनुगमन शाखा अधिकृत माधव प्रसाद पोख्रेल, योजना प्रमुख प्रदिप बन, लेखा प्रमुख रमेश आचार्य, योजना अधिकृत सिता भण्डारी लगायतले बोल्दै स्थानीय स्तरमा नागरिकको चासो र निगरानी बिना बिकास निर्माणको औचित्य नहुने बताएका छन्। वडाभित्र रहेका बिभिन्न टोल समितिका पदाधिकारीहरु एबम सदस्यहरुलाइ नगरपालिकाका बिकास योजना निर्माण,उपभोक्ता समितिका काम कर्तब्य अधिकार तथा काम गर्ने तरिका र बिधिका कारणबारे योजना शाखाका पशुपति खनालले सहजीकरण गर्नुभएको छ।
अभिमुखीकरण कार्यक्रममा सबै वडाका वडाध्यक्षहरु, सदस्यहरू, कर्मचारी, उपभोक्ता समितिका पदाधिकारी एबम प्रतिनिधीहरुले राखेको प्रतिक्रियामा अन्तरक्रिया मार्फत जिज्ञासा समाधान गरिएको थियो। सो कार्यक्रमममा योजना सम्पन्न गर्न के के कुरामा ध्यान दिने भन्ने बारेमा उपभोक्ता हरुले जिज्ञासा समेत राखेका थिए।नगरपालिका अन्तर्गत यहि कार्तिक १६ गते वडा नम्बर १५ कोटिहवा र वडा नम्बर १६ मा उपभोक्ता समितिलाई तालिम हुने योजना शाखाकी आधिकृत सिता भण्डारीले बताउनुभयो।
कमेन्ट गर्नुहोस्