लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन

tillotmacitynews - 2023 Sep 12 11:16 AM
IMG

तिलोत्तमा सिटी, २०८० भाद्र २६ गते । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ । ४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे निधन भएको हो ।उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा भर्ना भएर उपचाररत थिइन् ।आज बिहान साढे ८ बजे उनको निधन भएको प्रादेशिक अस्पताल जनकपुरका निर्देशक एवम स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामनरेश पण्डितले जानकारी दिए । यादव समानुपातिक सांसद थिइन् । दोस्रो मधेश आन्दोलनमा उनको सक्रिय भूमिका थियो ।

कमेन्ट गर्नुहोस्