
तिलोत्तमा, २०८० साउन ८ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयहरुमा अध्ययनरत कक्षा ६ का विद्यार्थीलाइ दिवा खाजाको व्यवस्था गरेको छ ।संघीय सरकारले सामूदायिक विद्यालयहरुमा पढ्ने कक्षा ६ का विदार्थीका लागि दिवा खाजाको रकम कटौती गरेपनि तिलोत्तमा नगरपालिकाले भने कक्षा ६ का दिवार्थीलाइ दिवा खाजा खुवाउने भएको छ ।नगरपालिका अन्तगर्ततका सामुदायिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत विद्यार्थीका लागि दिवा खाजा वापत प्रतिदिन २५ रुपैयां उपलब्ध गराइने मेयर रामकृष्ण खाणले बताए । सरकारले कक्षा ६ का विद्यार्थीको दिवा खाजा कटौती गरेपनि तिलोत्तमा नगरपालिकाले नरोक्ने मेयर खांणले प्रतिवद्वता जनाए ।अर्थ मन्त्रालयले रकम कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै खाजा खान पुग्ने गरी छुट्टाएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ६ का विद्यार्थीको दिवा खाजा कटौती गरेको थियो ।
सरकारले आर्थिक वर्ष २०७८/७९ सम्म कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै दिवा खाजा उपलब्ध गराएको थियो । यस कार्यक्रमलाई विस्तार गर्ने भन्दै आर्थिक वर्ष २०७९/८० देखि भने कक्षा ६ का विद्यार्थीलाई पनि खाजा खुवाउने घोषणा गरेको थियो । तर आर्थिक वर्ष २०७९/८० वर्षको बजेट भाषणमा दिवा खाजाको रकम भने कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै पुग्ने गरी छुट्टाएको छ ।सरकारले दिवा खाजा कार्यक्रम अनुसार हरेक विद्यार्थीलाई वर्षमा दुई हजार ७ सय उपलब्ध गराउंने गरेको छ । दैनिक १५ रुपैयांका दरले १ सय ८० दिनलाई दिइएको दिवा खाजा दिने गरेकोमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भने दिवा खाजाका लागि २५ रुपयां तोकेको छ ।सरकारले वजेट भाषणबाटै कक्षा ६ का विद्यार्थीलाई दिवा खाजाको रकम कटौती गरेपनि तिलोत्तमा नगरपालिकाले दिवा खाजाको व्यवस्था गर्ने भएपछि विद्यार्थी र अभिभावक खुशी भएका छन् ।
कमेन्ट गर्नुहोस्