लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा ११ गाईघाटमा अज्ञात समुहले गर्यो जेसिबी र ट्याक्टरमा आगजनी

tillotmacitynews - 2023 Jul 17 10:51 AM
IMG

प्रकाश पाण्डे ।  साउन १ गते ।  गयराती रुपन्देहीको तिलोत्तमा ११ गाईघाटमा अज्ञात समुहले गरेको आगजनीका कारण जेसिबी र ट्याक्टर जलेर क्षतिग्रस्त भएका छन् ।  गाईघाट निवासी गोबिन्द अधिकारीको घरमा पार्किंग गरिराखेको ना १ क ५०८७ नम्बरको जेसिबी र लु ३ क ३३७७ नम्बरको ट्याक्टरमा आगलागीले क्षति पुर्याएको स्थानीय प्रतक्ष्यदर्शीले जानकारी दिएका छन् ।  घरका सदस्य सुतिरहेको समयमा राति आगजनी गरिएपनि घरका सदस्यले भने बिहान ४ बजे मात्रै घटनाबारे जानकारी पाएको बताए । 



जेसिबीका शिसा र तार पडकिन थालेपछि बल्ल थाह पायौ, घरधनि अधिकारीले भने, त्यसलगत्तै प्रहरी र दमकललाई खबर गरिएको तथा बिहान ५ बजे तिलोत्तमा नगरपालिका र सिद्धार्थ नगरपालिका बाट आएका २ वटा दमकलले आगो नियन्त्रणमा लिएका थिए ।  घटनास्थलमा अहिले प्रहरी पुगिसकेको र थप छानबिन भैरहेको इलाका प्रहरी कार्यालय मंगलापुरले जानकारी दिएको छ ।  प्रहरीका अनुसार आगजनीबाट जेसिबी र ट्याक्टरमा ठुलो क्षति पुगेको छ भने  घटना संकास्पद रहेकाले यसै भन्न नसकिने तथा  छानबिनपछि नतिजामा पुग्न सकिने जनाएको छ ।  

कमेन्ट गर्नुहोस्