तिलोत्तमा असार २८ गते २०८०। तिलोत्तमा नगरभित्र संचालित करिव १७ इन्टरनेट सेवा प्रदायकसंग नगरपालिका भित्र लत्रेका, झुलिएका, गुजुल्टो पारिएका तथा फ़्याकिएका तार व्यवस्थापनबारे बृहत छलफल सम्पन्न भएको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत गङ्गाराम आचार्यको अध्यक्षतामा सम्पन्न छलफलमा नगरपालिकाका कार्यपालिका सदस्य तथा वडा अध्यक्ष कृष्ण प्रसाद पौडेल, गणेश पाठक , सुरेन्द्र श्री संगै तिलोत्तमा भित्र संचालित बाहिरका तथा स्थानिय इन्टरनेट सेवा कम्पनीका प्रतिनिधी, नेपाल टेलिकम, नेपाल बिधुत प्राधिकरणका प्रतिनिधीहरु र सुचना प्रबिधि शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो।
छलफलमा नगरलाई सुन्दर बनाउने अभियानमा तार व्यवस्थापनले ठुलो असर पुर्याएको भन्दै नगरपालिकाको प्रतिनिधीको संयोजकत्वमा ७ सदस्यीय तार व्यवस्थापन तथा सेवा सुचारुको लागि कम्युनिकेशन हुने गरि समिति गठन गरिएको छ। जसमा नेपाल बिधुत प्राधिकरण, नेपाल टेलिकम, सेवा प्रदायक संस्थाबाट २ जना र नगर प्रहरी तथा बाताबरण शाखा मार्फत १ जना गरि समिति गठन गरिएको हो। समितिले प्रथम फेजमा अनियन्त्रित तार तथा लत्रेका, झुलिएका, गुजुल्टो पारिएका तथा फ़्याकिएका तार व्यवस्थापन गरि लठ्ठा पार्ने गरि हप्ता दिनमै काम गर्ने छ भने नियमित रुपमा सो समितिले सरोकारवाला निकाय तथा सेवा प्रदायक बीच समन्वयात्मक भूमिका खेल्ने सुचना प्रबिधि शाखा अधिकृत सुदिप ढकालले बताए।
सो छलफलमा नेपाल बिधुत प्राधिकरण नयामिल शाखाका प्रमुख रितेश गुप्ता, वडा अध्यक्ष गणेश पाठक, कृष्ण प्रसाद पौडेल , कार्यपालिका सदस्य सुरेन्द्र श्री, बाताबरण शाखाका गोरखनाथ खनाल, आइटी शाखाका इन्जिनियर सुदिप ढकाल, नगर प्रहरी इन्चार्ज नर प्रसाद श्रेष्ठ, सेवा प्रदायक संस्थाका अर्चित श्रेष्ठ, सुगम थापा,भिम गुरुङ लगायतले बोल्दै तार व्यवस्थापनमा सबै मिलेर लाग्नु पर्ने बताएका थिए।
कमेन्ट गर्नुहोस्