लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

वीरेन्द्र महतो बने वनमन्त्री

tillotmacitynews - 2023 May 23 02:49 PM
IMG

       तिलोत्तमा सिटी / काठमाडौँ जेठ ९ ।  जनता समाजवादी पार्टीका वीरेन्द्रप्रसाद महतो वन तथा वातावरणमन्त्रीमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वन तथा वातावरणमन्त्रीमा महतो र शिक्षा‚ विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा जसपाकै प्रमिला कुमारीलाई नियुक्त गरेका हुन् ।


नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीद्वारा गरिएको सिफारिसको आधारमा मंगलबार राष्ट्रपति पौडेलले उनीहरूलाई मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।


जसपाबाट महताे सरकारमा सहभागी भएसँगै प्रचण्ड मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले पाँच महिनासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका थिएनन् ।

कमेन्ट गर्नुहोस्