लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भ्रष्टाचार गरेको थाहा पाउने बित्तिकै कारबाही गर्नुपर्छ - ओली

tillotmacitynews - 2023 May 11 01:15 PM
IMG

             तिलोत्तमा सिटी / वैशाख २८ । अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेको थाहा पाउनेबित्तिकै छानबिन गरेर कारबाही गरिनुपर्ने बताएका छन । बिहीबार केन्द्रीय समिति बैठक आरम्भ गर्दै ओलीले देशको राजनीतिक अत्यन्तै जटिल मोडमा पुगेको पनि बताए।


उनले भ्रष्टाचार भएका छन् भने निष्पक्ष ढंगबाट छानबिन गरिनुपर्ने बताए। पार्टीका नेता टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि बुधबार एमालेले सचिवबाट निलम्बन गरेको थियो। 


त्यसतर्फ लक्षित गर्दै उनले भने, ‘भ्रष्टाचारलाई निष्पक्ष ढंगले छानबिन गरेर दृढतापूर्वक दोषीमाथि कारबाही गर्ने कुरा छाडेर कसरी, कसलाई तेजोवद गर्न सकिन्छ भन्ने कुरा पनि त्यसमा चलेका छन्,’ उनले भने।

कमेन्ट गर्नुहोस्