लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प यौन शोषणमा दोषी ठहर

IMG

तिलोत्तमा  सिटी । बैशाख २७ गते । अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प यौन शोषणको एउटा प्रकरणमा दोषी ठहर भएका छन् । अमेरिकी संघीय अदालतले यौन शोषणको अभियोगमा उहाँलाई दोषी ठहर गर्दै ५० लाख अमेरिकी डलर जरिवाना तोकेको छ । ट्रम्पमाथि सन् १९९० मा एक महिला लेखिका माथि यौन शोषण गरेको आरोप लागेको थियो । ट्रम्पले आफूमाथि लागेको आरोप हास्यास्पद र नाटकीय ढंगबाट गरिएको एक प्रपन्चको रुपमा ब्याख्या गर्दै आफू निर्दोष रहेको बताउँदै आउनु भएको थियो । केरौल नामका महिलाले गत वर्षको अक्टोबर महिनामा सामाजिक सञ्जालमा ९० को दशकमा आफूमाथि ट्रम्पले यौन शोषण गरेको खुलासा गरेपछि ट्रम्पमाथि छानबिन सुरू भएको हो । ट्रम्प विरुद्ध ती लेखिका बाहेक अन्य दुई महिलाले पनि यौन शोषणको आरोप लगाएका  थिए  । उनीहरूले सन् १९७९ र २००५ मा आफूहरूमाथि यौन शोषण गरेको आरोप लगाएका थिए ।


कमेन्ट गर्नुहोस्