
तिलोत्तमा,२०७९ चैत्र २२। दायित्वको आयोजानमा तिलोत्तमा नगरपालिकामा जारी नगर प्रमुख दायित्व ग्रामिण उद्यम दुत्रिकरण कार्यक्रम अन्र्तगत तेस्रो सस्करणको नयाँ उद्यमी छानिने भएका छन ।तिलोत्तमा नगरापलिका भित्र उद्यमी गर्दै आएका साना र मझौला प्रकृतिका उद्यमीहरुको विचमा प्रतिष्पर्धात्मक रुपमा १ जना उत्कष्ट उद्यमी छानिन लागिएको हो । तेस्रो चरणको लागि ५ जनाले आवेदेन पेश गरेकोमा विभिन्न चरणबाट अहिले १० जना उद्यमीहरु छानिएका छन् ।ति उद्यमीहरुले गर्दै आएको सिप, उद्यमी, क्षमता बजार र नेतृत्वको आधारमा १ जनालाई उत्कृष्ट उद्यमीको रुपमा पुरस्कृत गरिने योजना रहेको दायित्वको सिनियर प्रोग्राम म्यानेजर सञ्जय अर्यालले जानकारी दिए ।उनका अनुसार यहि चैत २ गते तिलोत्तमामा एक विशेष कार्यक्रम गरी उत्कृष्ठ उद्यमी घोषणा हुने छन् ।
जसको लागि उद्यमीहरुले आफ्नो ६ मिनेटको प्रस्तुती समेत गर्ने छन् । उपस्थिति मुल्यांकन कर्ता, बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिध साथै समाजसास्त्रीहरुको मुल्यांकनबाट उत्कृष्ठ १ जना उद्यमी घोषणा गरिने दायित्वका लुम्बिनी प्रदेश संयोजक कमल थापाले जानकारी दिए । सोही कार्यक्रम अन्तगतग बुधवार सञ्चारर्कीसंग उद्यमी कार्यक्रम गरिएको छ ।
कार्यक्रममा हाल उत्कृष्ठ १० मा छनौटमा परेका उद्यमीहरु यम कुमारी पौडेल, सरस्वती बन्जाडे, दुर्गा भण्डारी, मिनु थापा, रोहित सिंह आले,चन्दा घिमिरे, भगवती बश्याल, बलराम काप्mले, विना कुमारी पुन, राधेश्याम लोधले आ आफुले गर्दै आएको उद्यमको विषयमा प्रकाश पारेका थिए । यसरी छनौट भएका उद्यमीहरु मध्ये उत्कृष्ठ १ जनालाई १ लाख, दोस्रो उत्कृष्ट उद्यमीले ३५ हजार र अन्य सबै सहभागी उत्कृष्ट १० मा परेका उद्यमीहरुले १०-१० हजार नगद पुरस्कार पाउने छन् ।
कमेन्ट गर्नुहोस्