लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सरसफाईकालागि सबै नगरबासी मानव साङ्गलोमा उपस्थित हुने अपेक्षा छ : संयोजक सुरेन्द्र श्री

IMG

तिलोत्तमा,२०७९ फागुन २९।  हरियाली प्रबर्द्धन तथा सरसफाईको १०० औ शृंखला पुरा भएको अवसरमा यही फागुन ३० गते बिहान ८ बजे हुने मानव साङ्ग्लोको आयोजना गरेको छ। सो भब्य कार्यक्रममा तिलोत्तमाका जोगिकुटी देखि कोटिहवाका सबै चोकमा नगरबासीको उपस्थितिका लागी नगरपालिकाले अनुरोध गरेको छ। सो भैयानका संयोजक तथा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीका अनुसार योगिकुटी देखि कोटिहवा सम्मका उत्तर दक्षिण सिमाना र पुर्व पश्चिम सिमानाकाका तिनाऊ देखि रोहिणी सम्मका नगर बासीको पुर्ण सहभागिता रहने अपेक्षा लिएको बताएका छन्।  


१०० औ शृंखला पुगेको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सो मानव साङ्गलोमा जनप्रतिनिधी, कर्मचारी, बैंक तथा बित्तिय संस्था , सहाकारी, बिद्यालय, स्वास्थ्य संस्था, व्यापारिक संस्था, उद्योग , कलकारखाना, सरसफाई संग सम्बन्धित संस्था, सुरक्षा निकाय, पत्रकार, आम नगर बासी सबैको उल्लेखनिय उपस्थिति रहने अभियानका संयोजक श्रीले बताए।  मानव साङ्गलो मार्फत नगरमा भएका हाइवे , भित्री सडक , कच्ची सडकमा रहेका सबै ठाउँमा सफाई गरिने र नगरलाई स्वच्छ हराभरा बनाउने लक्ष्य रहेको उनको भनाई छ। सबैको सहकार्य र एकताले सरसफाई र हरियाली प्रबर्द्धन कार्यले निरन्तरता पाएको भन्दै श्रीले यो अभियानमा जोडिन सबै नगरबासीलाई आग्रह गरेका छन्। 

कमेन्ट गर्नुहोस्