लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सरसफाईमा नगरबासीको सहभागिता देखेर शुरुवातबाट दङ्ग छु : गोरखनाथ खनाल

IMG

तिलोत्तमा,२०७९ फागुन ३०। हरियाली प्रबर्द्धन तथा सरसफाईको १०० औ शृंखला पुरा भएको अवसरमा यही फागुन ३० गते बिहान ८ बजे हुने मानव साङ्ग्लोको आयोजना गरेको छ। सो भब्य कार्यक्रममा तिलोत्तमाका जोगिकुटी देखि कोटिहवाका सबै चोकमा नगरबासीको उपस्थितिका लागी नगरपालिकाले अनुरोध गरेको छ। नगरपालिकाका बाताबरण तथा हरियाली प्रबर्द्धन शाखा अधिकृत गोरखनाथ खनाल अभियानको शुरुवातबाट सक्रिय छन्। उनका अनुसार अभियान शुरु बिस २०७४ सालबाट नै यो नगरमा आम नगरबासीको सक्रिय सहभागिताले आफुलाई अझै उत्साहित बनाएको बताएका छन्।


हाल १०० अंक को अवसरमा भब्य कार्यक्रमको आयोजना गरिएको भन्दै उनले यो अभियानमा सहभागीहुने सबैलाई धन्यबाद समेत व्यक्त गरेका छन्।  योगीकुटी देखि कोटिहवा सम्मका उत्तर दक्षिण सिमाना र पुर्व पश्चिम सिमानाकाका तिनाऊ देखि रोहिणी सम्मका नगरबासीको पुर्ण सहभागिता र सहयोगले नगर पालिका र बाताबरण शाखालाई अझै काम गर्न सहज भएको उनको भनाई छ। सो कार्यमा नगबासिको भरपुर उपस्थिति र निरन्तरता रहने अपेक्षा लिएको उनले खुसी ब्यक्त गर्दै बताएका छन्।  


सो अभियान अन्तर्गत नगरपालिकाले फागुन ३० गते बुधबार १०० औ शृंखला पुगेको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मानव साङ्गलोको आयोजना गरेको छ। सो अवसरमा जनप्रतिनिधी, कर्मचारी, बैंक तथा बित्तिय संस्था , सहाकारी, बिद्यालय, स्वास्थ्य संस्था, व्यापारिक संस्था, उद्योग , कलकारखाना, सरसफाईसंग सम्बन्धित संस्था, सुरक्षा निकाय, पत्रकार, आम नगर बासी सबैको उल्लेखनिय उपस्थिति रहने अभियानका सदस्य तथा बाताबरण शाखा अधिकृत गोरखनाथ खनालले बताए।  मानव साङ्गलो मार्फत नगरमा भएका हाइवे , भित्री सडक , कच्ची सडकमा रहेका सबै ठाउँमा सफाई गरिने र नगरलाई स्वच्छ हराभरा बनाउने लक्ष्य रहेको उनको भनाई छ। सबैको सहभागिता, सहकार्य र एकताले सरसफाई र हरियाली प्रबर्द्धन कार्यले आजको मितिसम्म निरन्तरता पाएको भन्दै खनालले यो अभियानमा साथ् दिन सबै नगरबासीलाई आग्रह गरेका छन्।


कमेन्ट गर्नुहोस्