लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सरसफाई अभियानलाई निरन्तरता दिदै तिलोत्तमा

tillotmacitynews - 2023 Feb 11 10:04 PM
IMG

तिलोत्तमा,२०७९ माघ २८ गते।  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो सरसफाई अभियानलाई निरन्तरता दिदै आएको छ।  हरेक महिनाको १ र १५ गते अभियानको बिशेष दिन हुन्छ भने अन्य दिन समेत यो अभियानलाई निरन्तरता दिदै आएको छ। सोहि क्रममा नगरपालिकाको वडा नम्बर ९ स्थित ज्ञानोदय टोलबिकास संस्थाले शनिबार बृहत् सरसफाई कार्यक्रम सम्पन्न  गरेको छ। ज्ञानोदय टोलविकास संस्थाका अध्यक्ष प्रकाश न्यौपानेको अध्यक्षता तथा  तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांडको प्रमुख आथित्य र वडा नम्बर ९ का वडा अध्यक्ष ध्रुव न्यौपानेको बिशिस्ट आतिथ्यमा भएको कार्यक्रममा प्रमुख  रामकृष्ण खांडले   सरसफाइको भावना प्रतेक  घरबाट नै सुरु हुनुपर्नेमा जोड दिनुभयो । उहांले तिलोत्तमालाई सभ्यताको शहर र मनवता जोडिएको शहरको रुपमा चिनाउन  पनि यी सामुहिक रुपमा गरिएका कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्न सक्ने बताउनुभयो । 


स्वास्थ्यका लागि सरसफाई सुन्दर नगरका लागि सरसफाई र सभ्य समाजका लागि तिलोत्तमा भन्ने शाख जोगाईराख्न नगरबासी र नगरपालिकाबिचमा समन्वयात्मक भवना रहिरहन आवश्यक रहेको खांडको भनाई छ । उहांले भौतिक बिकाससंगै मानविय विकासमा पनि उत्तिकै ध्यान पुर्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा बिशिस्ट अतिथी ध्रुव न्यौपानेले नगरको विकासमा टोलविकास संस्थाहरुले खेलेको भुमिकाको प्रशंसा गर्दै अन्य विकाससंगै सरसफाईको पनि उत्तिकै महत्व रहने बताउनुभयो । 


फरक प्रसंगमा बोल्दै टोलविकास संस्थाका अध्यक्ष प्रकाश न्यौपानेले बहुबर्षिय योजना बनाएर सुरु गरिएको ज्ञानोदय चोकबाट द्क्षिणको बाटो समय सकिसक्दा सम्म पनि  बिचमा पुगेर अलपत्र परेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराउनुभएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ९ का सम्पुर्ण टोलविकास संस्थाका प्रतिनिधि,आमा समुहहरु,बालसंजालका प्रतिनिधि,जनप्रतिनिधी लगायकोह सहभगितामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष  शालिकराम भुसालले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालन सुरेश पाण्डेले गर्नुभएको थियो।



कमेन्ट गर्नुहोस्