लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका जनप्रतिनिधी तथा कर्मचारीको २ दिवसीय क्षमता विकास तालिम सम्पन्न

IMG

तिलोत्तमा,२०७९ माघ २१ गते। तिलोत्तमा नगरपालिका रुपन्देहीको आयोजनामा भएको २ दिवसीय क्षमता विकास तालिम शनिवार सम्पन्न भएको छ । कार्यक्रमको पहिलो दिन कर्मचारीमा भएको सेवाग्राहीका लागि सहज सेवा उपलब्धताका लागि कर्मचारी प्रशिक्षार्थीहरुलाई सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल र लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले सहजीकरण गर्नुभएको थियो। भने तालिमको दोस्रो दिन जनप्रतिनिधि तथा कर्मचारीहरुलाई नेपाल सरकारका पुर्व मुख्य सचिव कृष्ण हरि बासकोटा र लुम्बिनी प्रदेश मुख्य मन्त्री कार्यालयका कानुन सचिव राजेन्द्र थापाले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा नगरपालिका अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य चौकी, लगायतका कार्यालयका २ सय बढी पुर्णकालिन कर्मचारी समेतको सहभागिता थियो ।


तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षता तथा उपप्रमुख जगेश्वरी देवी चौधरीको प्रमुख आतिथ्यतामा भएको सो सो कार्यक्रममा बोल्दै नगरप्रमुख खाणले कर्मचारीहरुको दक्षता क्षमता र सेवा सहजतालाई दिगो बनाउन यस्ता तालिमले ठुलो योगदान दिने बताउनुभयो। क्षमता बिकास तालिममा सहभागी हुँदै उपप्रमुख जगेश्वर देवी चौधरीले तालिमले कर्मचारीहरुमा उत्प्रेरणा तथा पुनर्ताजगी दिने बताउनुभयो। उहाँले सिकेका कुरा व्यवहारमा लागु गर्न सके देश र जनताको लागि सहजता हुने समेत बताउनुभयो। 


कार्यक्रममा अतिथिहरुलाई स्वागत तथा प्रशिक्षार्थिहरुलाई उत्प्रेरणा जगाउदै तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले कर्मचारी र जनप्रतिनिधिमार्फत सेवाग्राहीले सहज रुपमा सेवा पाउन र सेवालाई थप चुस्त दुरुस्त बनाउन यस्तो तालिमले सहयोग पुर्याउने बिश्वास ब्यक्त गर्नुभयो। प्रशिक्षणमा सहभागीहरुलाई सिकाइले आफ्नो अनुभव दक्षता र रचनात्मक कार्य गर्न उत्प्रेरणा प्राप्त गर्न सो तालिमको आयोजना गरिएको बताउनुभयो। 


तालिमको सहजीकरण गर्दै नेपाल सरकारका पुर्व मुख्य सचिव कृष्ण हरि बासकोटाले जनताको सहजताको लागि सुशासन पारदर्शिता र जवाफदेहिताले जनतामा सेवा सहज बनाउने उल्लेख गर्नुभयो। उहाँले कर्मचारी र जनप्रतिनिधि मिलि सेवाको भावले जनताको काम गर्नुपर्ने समेत बताउनुभयो। त्यस्तै सो तालिमका सन्दर्भमा बोल्दै लुम्बिनी प्रदेश मुख्य मन्त्री कार्यालयका कानुन सचिव राजेन्द्र थापाले पालिकाको बिकास र समृद्धिका लागि नीति नियम बनाउन र परिपालना गरि जनता सामु पुर्याउन जनप्रतिनिधि र कर्मचारीको बिशेष भूमिका रहनु पर्ने उल्लेख गर्नुभयो। उहाँले जनताको घर घरमा चुस्त दुरुस्त सेवा पुर्याउन सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो। तालिममा सम्पूर्ण कर्मचारीहरुलाई कार्यक्षमता र गुणस्तरीय अभिवृद्धिका लागि व्यवहारीक विषयवस्तु र स्वः रुपान्तरणका विधि प्रशिक्षण गरिएको थियो । नगरपालिकाका सबै जनप्रतिनिधी र कर्मचारीहरुको बाहुल्य उपस्थिति रहेको सो तालिमको संचालन नगरपालिका कि अधिकृत सिता घिमिरेले गर्नुभएकाे थियाे ।


कमेन्ट गर्नुहोस्