लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा आप्रवासनको असर तथा प्रभाव न्यूनीकरणका लागि अन्तरक्रिया

IMG

तिलोत्तमा,२०७९ माघ १० गते। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा सामी कार्यक्रम अन्तर्गत भएको समुदायका अगुवाहरुलाई आप्रवासनको असर तथा प्रभाव, कामदारहरुलाई सामाजिक बहिष्करण र प्रभाव न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बैदेशिक रोजगारमा गएका युवा र तिनीहरुको परिवारलाई समाजमा सहजता प्रदान गर्न र तिनीहरुलाई उद्धमसंग जोडी स्वरोजगार बनाउन सो अन्तरक्रिया गरिएको  सामी कार्यक्रम प्रमुख सिता पन्थले जानकारी दिनुभयो। 


तिलोत्तमा नगरपालिकाका उप प्रमुख जगेश्वर देवी चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा नगर प्रमुख रामकृष्ण खाण रहनुभएको थियो। विभिन्न वडाका अध्यक्षहरु तथा कार्यपालिका सदस्यहरुको उपस्थितिमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले बैदेशिक रोजगारमा सिकेका सिप र दक्षतालाई स्वदेशमा प्रयोग गर्नुपर्ने र घर समाजका लागि स्वरोजगारका लागि योगदान दिनुपर्ने बताए। कार्यक्रममा बैदेशिक रोजगारमा रहेका युवाहरुको परिवारलाई स्वदेशमा रहेर उद्धम संग जोड्न विभिन्न प्रेरणादायी र परिणाममुखी कार्यगर्न रहेका चुनौती र प्रभावलाई नगरपालिकाले समन्वय गरेर प्रभावकारी रुपमा अगाडी बढाउनु पर्ने सहभागीहरुले प्रतिबद्धता ब्यक्त गरेका थिए।


सो अवसरमा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले सबैको सहयोग र सहकार्य मार्फत नगरलाई समृद्ध बनाउन हरेक नागरिकले आ आफ्नो तवरबाट सहयोग गर्नुपर्ने बताउनुभयो। उहाँले युवाहरुलाई उद्धमसंग जोड्न र स्वरोजगार बढाउन युवाले सिकेका सिप र दक्षता र आइडियाहरु स्वदेशमा प्रयोग गर्नु पर्ने बताउनुभयो। सो कार्यक्रममा बोल्दै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले युवाहरु बिदेशिदा समाजमा धेरै जसो समस्या र असर महिलालाई पर्ने हुँदा महिलाको स्वरोजगार र उनीहरुको दैनिक जिबनमा पर्ने कठिनाई हरुलाई सामी कार्यक्रमले ठुलो सहयोग गरेको बताउनुभयो। उहाँले महिलाको स्वरोजगार र उनीहरुको सिप बिकासको लागि नगरपालिका प्रतिबद्ध रहेको समेत बताउनुभयो। 


कार्यक्रममा नगरका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले विभिन्न सुझाव जिज्ञासा र समाधानको विषयका बारेमा प्रतिबद्धता ब्यक्त गरेका थिए। कार्यक्रममा सामी कार्यक्रमका सहजीकरण बिनय कुमार महर्जन र सामी कार्यक्रम प्रमुख सिता पन्थले गर्नुभएको थियो भने सामी सहजकर्ता सृजना भट्टराई,शकुन्तला तिवारीले नगरभित्रका युवा तथा महिला स्वरोजगारका बिषयमा विभिन्न समस्या र जिज्ञासाका बारेमा सहजीकरण गर्नुभएको थियो। कार्यक्रमको संचालन बरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेले गर्नुभएको थियो। 



कमेन्ट गर्नुहोस्