
तिलोत्तमा,२०७९ माघ ६ गते। रुपन्देहीको पूर्वी बस्ती तिलोत्तामा-१७,कानपारामा अवस्थित रोहिणी खोलाबाट बिगत लामो समयदेखी दिनहु बालुवा चोर्ने कार्य भैरहेको छ। तर दिन रात बालुवा तथा खोलाबाट निस्कने नदिजन्य पदार्थको चोरी हुँदा समेत न स्थानिय निकाय बोलेको छ,न त प्रहरी नै। स्थानिय बासीका अनुसार दिनहुँ प्रशासनको आँखा छलेर राती १० बजेदेखी बिहान ५ बजेसम्मको दौरानमा धमाधम बालुवा चोर्ने काम भैरहेको जानकारी दिएका छन्।
कमेन्ट गर्नुहोस्