
तिलोत्तमा, पौष ७ गते २०७९। तिलोत्तमा नगरपालिकाको आयोजनामा नव निर्वाचित जनप्रतिनिधि, कर्मचारीबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने भएको छ। नगरपालिकाको २ महिला टिम र जनप्रतिनिधी, नगर कर्मचारी, वडा कर्मचारी, स्वास्थ्यकर्मी, बिद्यालयका प्रधानाध्यापक गरी ७ टिम बीच रोचक प्रतिश्प्रधा हुने आयोजकका तर्फबाट शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले बताउनुभयो।
तिलोत्तमा नगरपालिका स्थित प्रशासनिक भवन नजिकै कुञ्जलापुरमा रहेको उमा आधारभूत माविको प्राङ्गणमा शनिबार सम्पन्न हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिनुभयो। प्रतियोगिता बारे जानकारी गराउदै उहाँले छोटो समयको प्रतियोगिता भएकोले एकै दिनमा सम्पन्न गर्नेगरी प्रतियोगिताको आयोजना गरेको छौ, जनप्रतिनिधि र नगरपालिका अन्तर्गत रहेका कर्मचारी बीच आपसी भाईचारा बढ्ने, परिचयात्मक सम्बन्ध बढ्ने र काममा सहजता प्रदान हुने उदेश्यले सो प्रतियोगिताको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिनुभयो।
प्रतियोगिताको बारेमा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले नगरको आयोजनामा हुन लागेको यस प्रतियोगिताले जनप्रतिनिधि र कर्मचारी बीचको दुरी कम गर्ने,आपसी भाइचारा बढ्ने नगर तथा वडाको काममा सहजता प्रदान गर्ने आशा राख्नुभएको छ।त्यसो त एउटा रमाइलो खेल सम्पन्न हुन गैरहेकोमा बिजयिका लागि सबै टिम समूहलाई शुभकामना समेत दिनुभयो।प्रतियोगिताको लागि शिल्ड ट्रफी,फिल्ड तथा अन्य सामाग्रीको सबै तयारि पुरा भएको र सो को लागी विभिन्न उपसमितिको गठन गरि प्रतियोगिता भब्य तथा सभ्य रुपमा सम्पन्न गर्न लागिपरेको तिलोत्तमा नगरपालिकाका लेखा अधिकृत रमेश बश्यालले बताउनुभयो।
कमेन्ट गर्नुहोस्