लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नवलपरासी पश्चिम–१ को मुहार फेर्नुछ : विनोद चौधरी

IMG

तिलोत्तमा सिटी न्युज, असोज ३१ गते । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा आगामी निर्वाचनमा नवलपरासी पश्चिम–१ बाट प्रतिनिधिसभाका उम्मेदवार विनोद चौधरीले आफूले टेकेको माटोको समृद्धिको मूल फुटाउने प्रतिबद्धता जनाएका छन् । सामाजिक सञ्जाल फेशबुकमा आफ्नो धारणा राख्दै चौधरीले जनताको सुख÷दुःखमा हातेमालो गर्दै भोलि उदाउने घामका नौला किरण धर्तीमा ठोकिनु अघिनै देशको मुहार फेर्ने आफ्नो धोको रहेको सुनाएका छन् ।विनोद चौधरीको उम्मेदवारीले नवलपरासी पश्चिम-१ का जनतामा खुशियाली, विश्वास खेर जान दिने प्रण


उनले लेखेका छन्-


जिन्दगीको..

कालखण्डमा मैले देखेका भोगेका र हाँसिल गरेका

उपलब्धिहरु सजिला थिएनन् !

दिन रातको मेहनत , लगनशीलता र परिश्रमले गर्दा नै आफ्नो उदेश्य र लक्ष्य प्राप्त गरे !

जुन देशको पानी पिँए

जुन देशको माटोमा टेकेर म उभिँए

जुन देशको शितल हावा पिएर म बाचेँ

आज म त्यहीँ देशको ऋणि बन्न पुगेको छु,

पिँएको पानीको मुल्य चुकाउनु छ !

टेकेको माटोमा समृद्धिको मुल फुटाउनु छ!

बिकास र समृद्धिको बतास देश भर वहाउनु छ,

आज म जुन धरातलमा उभिँएको छु

उहीँ धरातलमा आफ्ना जनतालाई सगैँ उभाउनु छ !

जनताको सुख:दुखमा हातेमालो गर्दै

भोलि उदाँउने घामका नौला किरण धर्तीमा

ठोकिनु अघिनै देशको मुहार फेर्नु छ !


कमेन्ट गर्नुहोस्