लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तानसेन–२ स्थित नारायणस्थान पोखरीमा डुबेर बालकको मृत्यु

IMG

तिलोत्तमा सिटी न्युज, असोज ३० गते । पाल्पाको तानसेनमा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । तानसेन नगरपालिका–६ का शेषकान्त पराजुलीका १२ वर्षका छोरा सुजल पराजुलीको मृत्यु भएको हो । तानसेन–२ स्थित नारायणस्थान पोखरीमा आइतबार दिउँसो पौडी खेल्ने क्रममा डुबेका पराजुलीलाई उद्धार गरी उपचारका लागि युनाइटेड मिसन अस्पताल पु¥याइएपनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।



कमेन्ट गर्नुहोस्